Thursday, April 25
Shadow

आधुनिक नेपालका युग नायक पृथिबी नारायण शाह – डा. अम्विरस पोख्रेल


  • -इ
  • इ+

 

आधुनिक नेपालका युग नायक पृथिबी नारायण शाह ।

१. हालको अमेरिका स्वतन्त्र राष्ट्र नहुँदै पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिसकेका थिए। त्यो अभियानमा सक्रिय रहेका थिए । युरोपमा बिज्मार्क र नेपोलियन भन्दा अघि पृथ्वीनारायण शाह हिरो बनिसकेका थिए । काल्पनिक कथाका पात्र जस्तै भइसकेका थिए उनी युरोपमा समेत ।

२. विश्व साम्राज्य महाशक्ति अंग्रेजलाई थुर थूर पारेका सेनापति राजा थिए पृथ्वीनारायण शाह । अहिले जस्तो खोपीमा बसेर देश मैले बनाएको हो भन्ने नेता थिएनन्। टुक्रा टुक्रा रहेको नेपालमा पचास भन्दा बढी राज्यहरू थिए । युद्दमा आफै कमाण्ड गरेर हिँड्थे लड्थे र विजयको झण्डा बोकेर अझ अगाडि बढ्थे ।

३. यसरी उनले आफै युद्धमा नायकत्व गर्दै होमिदै नेपाल एकिकरण गरेका थिए। पृथ्वीनारायणको वीर गाथा सुनाउदा विश्वमा सबै ट्वॉ परेर सुन्छन् अहिले पनि । हामी कहिल्यै परतंत्र भएनौ, त्यसैले हाम्रो कुनै राष्ट्रिय स्वतन्त्र दिवस ( “डे”) छैन भन्दा घोर आश्चर्य मान्छन् । आफ्नो दाँत देखाउँदै, कस्तो राम्रो इतिहास भनेर भन्न बाध्य भएको देखिन्छ । आफै चेक गर, कोही विदेशी साथी छ भने !

४. मङ्गोलियामा जङ्गेज खा अहिले त्यहाँका महान पिता मानिन्छन् । त्यहाँका जनतालाई उनीप्रति गर्व छ। यो कुरा विश्वास लाग्दैन भने कुनै मंगोलियनलाई आफै शोध । आफै गूगल चेक गर। एक छिन विचार गर । कति विदेशीको उपदेशलाई मात्र बोकेर हिँड्छस ? कहिलेसम्म हिँड्छस्? तेरो सन्तानले कुन कुरा बोकेर हिडला ह सोचेको छस ? तेरो सन्तानको कुन भूमिमा सम्मान होला ह सोचेको छस?

५. अहिलेका नेपालीहरु नालायक हुदै गए । सत्रुका कुराहरू अंगीकार गर्न थाले । दुई चार पैसाको लागि आफ्नै पुर्खाको अपमान गर्न अभ्ययस्त हुँदै आए । सत्रु वा सत्रु राष्ट्रहरू आफ्नो हुँदैन भन्ने सम्मको न्यूनतम विवेक समेत बन्धनक राखेर पुर्खा प्रति अनादर गर्नुलाई क्रान्ति वा प्रगतिशील विचार सम्झन्छन् यहाँ । अचम्मको देश भयो यो !

६. तर ती शासक श्री पृथ्वीनारायण शाह महान थिए महान! उनी प्रति गर्व गरौँ र अहिलेको पुस्ता पनि गर्व गर्न लायक बन्ने कोशिस गरौं ।

७. आफ्नै माता पिता पुर्खा तथा आफ्नै जन्म भूमि देश नेपालमै सिञ्चित असली महान शासकलाई खुईलाउन खोज्ने मूर्खहरूलाई, तिनकै आफ्ना सन्तानले झन् धेरै आफैलाई ज्यूँदै छदै पनि, खुलाउन पछि पर्दैनन् ।

८. त्यसैले पृथिबी नारायण शाहको अपमान गर्नु भनेको, आफ्नै सन्तानबाट आफै खुइलिने दिनको प्रतीक्षा गर्नु हो। होस गर्नु हरामीहरु । तलाई तेरै सन्तानले उछितो काढ्न सुरु गर्ने छ । तेरो जन्म आफ्नै मातृभूमिको लागि समेत अभिशाप रहने भयो ! कठै बरा तेरो जुनी !

९. मेरो देश जहाँ विद्धानहरु करिब ३०० बर्ष अगाडि जन्मेका एक रजौटाको राजा पथ्वीनारायण शाहलाई अहिलेको आँखाले हेर्छन र मुल्याङ्कन गर्छन ।

१०. उनी भौतिकशास्त्री र गणितिज्ञ आइज्याक न्युटन मरेको ५० महिनापछि मात्र जन्मेका थिए । त्यो वेला संसार कस्तो थियो कल्पना गरौं त ? प्रविधिको अवस्था के थियो ? उत्पादन, विनिमय, वितरणको अवस्था के थियो ? उनी मरेको ४ बर्षपछि मात्र आडम स्मिथको ‘दि नेचर एण्ड कजेज अफ वेल्थ अफ नेसन्स’ भन्ने कृति प्रकाशित भएको थियो ।

११. पृथ्वीनारायण शाह मरेको ७३ बर्षपछि कम्यनिष्ट मेनोफेष्टो प्रकाशित भएको हो ।चाल्स डार्विनको ‘अन दि ओरिजिन अफ स्पेशिस’ र चाल्स डिकेन्सको ‘अ टेल अफ टु सिटिज’ पृथ्वीनारायण शाह मरेको करिब ८५ बर्षपछि प्रकाशित भएको थियो ।

१२. जेन अष्टिनको ‘प्राइड एण्ड प्रिजेडिस’ पृथ्वीनारयाण शाह मरेको करिब ४३ बर्षपछि प्रकाशित भएको थियो । दक्षिण एसियामा अहिलेको भारत भन्ने थिएन । युरोपमा वेस्टफेलिया सन्धि भएको ७५ बर्ष मात्र भएको थियो । आधुनिक राज्यको व्यवहारको संहिताकरण गर्ने त्यसले प्रयास गरेको थियो । तर, त्यसपछि युरोपमा कति युद्ध भए ? राज्यको व्यवहार कस्तो रह्यो ? यसबारे कहिले सोचका छौं ?

१३. अहिले विश्वविधालयको उपाधी लिएर त्यहि उपाधी लिदाको शास्त्रको विधा ‘आउटवार्ड इन स्पेश व्याकवार्ड इन टाइम’स्को विश्लेषण गर्नुपर्छ भन्ने ‘प्रोगे्रशिभ कन्टेक्स्चेअलाईजेसन’को प्रयोग चाँही गर्नू पर्दैन ?

१४. अहिलेको आँखाले होइन त्यो वेलाको आँखाले र राज्यको व्यवहार व्यवस्थित गर्ने अहिले करिब ५५० अन्तरराष्ट्यि कानुन वनेको अवस्थालाई रेफरेन्स मानेर, अहिलेका विधि, कानुन र नियमलाई मानक मानेर पृथ्वीनारायण शाहको मुल्याङ्कन गर्छौ ।

(सामाजिक सञ्जालबाट संपादित अंसहरु। )

अस्तु ।
अंम्बरिस पोख्रेल ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares