Friday, April 24
Shadow

Month: September 2022

संविधान दिवसका अवसरमा नौ सय ९८ जना ककसले पाउँदैछन् विभूषण

संविधान दिवसका अवसरमा नौ सय ९८ जना ककसले पाउँदैछन् विभूषण

ब्यानर समाचार 2, समाचार
राष्ट्रपति  भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउनुभएको छ । पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथ...

एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित

खेलकुद, ब्यानर समाचार 2
बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो ।
समानुपातिकको बन्दसूचीसहित एमाले भोलि निर्वाचन आयोग  जाने

समानुपातिकको बन्दसूचीसहित एमाले भोलि निर्वाचन आयोग  जाने

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको नाम तयार पारेको हो । उक्त नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् । जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ । त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् । समग्रमा ५७ जना महिला र ५३ जना पुरुषको नाम समानुपातिक सूचीमा रहने उपमहासचिव गुरुङले बताए । एम...
मनमैजुमा मोटरसाइकको ठक्करबाट पैदल यात्रुको मृत्यु

मनमैजुमा मोटरसाइकको ठक्करबाट पैदल यात्रुको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाडौं- काठमाडौंको तार्केश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका-९ मनमैजुस्थित सडकमा बा.६३ प ६४६२ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार करिब १९ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ। मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।...
टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिनुस् : आरजु राणा

टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिनुस् : आरजु राणा

ब्यानर समाचार, राजनिती
काठमाडौँ- नेपाली काँग्रेस नेतृ आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन उनले आग्रह गरेकी हुन्। टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उनले बताइन्। महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा’ विमोचन समारोहमा आज बोल्दै काँग्रेस केन्द्रीय सदस्य राणाले गठबन्धनका कारण सबै ठाउँमा टिकट वितरण गर्न नसकिने नेताहरूका अप्ठ्यारा पनि बुझिदिन आग्रह गरेकी थिइन्। ‘गठबन्धनमा रहेका दलहरूले यसअघि जिलेका ठाउँमा छाड्नुपर्ने हुन सक्छ। यसो गर्दा धेरै राम्रा व्यक्तिहरूले टिकट नपाउने हुनसक्छ,’ उनले भनिन्, ‘टिकट वितरणका लागि हुने छलफलमा म त भाग लिन पाउन्न। तर उहाँ (नेताहरूलाई) धेरै गाह्रो छ, धेरै उकुसमुकुस छ।’ उनले पहिले देश, पार्टी अनिमात्र आफ...
टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

ब्यानर समाचार, स्थानिय तह
काठमाडौँ- उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका  नाममा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो। ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ। यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आ...
आफ्नै घरमा बन्धक , निलम्बित प्रधानन्यायाधीश राणा

आफ्नै घरमा बन्धक , निलम्बित प्रधानन्यायाधीश राणा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- आइतबार सर्वोच्च अदालत जाने तयारी गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू निवासमै रोकिनुपरेको बताएका छन्। निलम्बित प्रधानन्यायाधीश राणाले भन्नुभयो, 'म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।' राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महिनौंसम्म बेवास्तामा परेको सो प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो। महाभियोग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो। प्रतिनिधि सभा नै नरहेपछि महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने बुझाइका साथ राणा सर्वोच्च जाने तयारीमा थिए। त्यसका लागि उनले सर्वोच्चमा सूचना पनि पठाइसकेका थिए। तर, आइतबारको उनको प्रयास भने सफल हुन सके...
नेपालको मूल कानुन :संविधानमा सीमित कृषि र किसान

नेपालको मूल कानुन :संविधानमा सीमित कृषि र किसान

Uncategorized, कृर्षि, ब्यानर समाचार 2
काठमाडौँ : नेपालको पहिलो संविधान जारी भएको ४६ वर्ष पछिका संविधानले कृषि उत्पादनलाई जोड दिएको इतिहास छ । ‘नेपाल सरकार वैधानिक कानून’ का नामबाट जारी नेपालको पहिलो संविधान २००४ सालमा बनेको हो । यो संविधान २००५ वैशाख १ गतेदेखि लागू भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यपश्चात् जारी ‘नेपाल अधिराज्यको संविधान– २०४७’ को भाग ४ को धारा २६ को उपधारा (५) मार्फत पहिलो पटक कृषि उत्पादन बढाउन संविधानले प्रष्ट बोलेको छ । संविधानको उक्त उपधाराले–“राज्यले उत्पादकत्व बढाई कृषिमा आधारित अधिकांश जनताको आर्थिक उन्नति हुने अवस्थाको सिर्जना गर्ने र भूमिसुधार कार्यक्रम सञ्चालन गरी कृषिलाई उद्योगका रुपमा विकास गर्नेछ”, उल्लेख छ । संविधानका जानकारले संविधानलाई मूल कानूनकारुपमा व्याख्या गरेका छन् । जब मुलुकमा खाद्यान्नको अभाव देखिन थाल्यो तब मात्र संविधान बोलेको पाइयो । विसं २०३५ सम्म नेपालले खाद्यान्न निर्यात...
नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा विस्तृत छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा व्यापक छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ ।...
निरन्तर वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

निरन्तर वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

ब्यानर समाचार 2, समाचार
निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । गुरास गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत–दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ । ...