Sunday, May 19
Shadow

Month: September 2022

खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी

खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी

ब्यानर समाचार 2
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ ।
प्रजातन्त्र सेनानी स्व कुइँकेलको २०औँ स्मृतिसभा सम्पन्न

प्रजातन्त्र सेनानी स्व कुइँकेलको २०औँ स्मृतिसभा सम्पन्न

ब्यानर समाचार 2, राजनिती
प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको २०औँ स्मृतिसभा भक्तपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको कार्यालयमा कांग्रेस चाँगुनारायण नगर कार्यसमितिले बिहीबार आयोजना गरेको श्रद्धाञ्जलिसभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्व कुइँकेलले जीवनभर आफूले केही पाउला भनेर नभई लोकतन्त्र, गणतन्त्र र जनताको मुक्तिका लागि लडेको बताउनुभयो । स्व कुइँकेलले देखाएको बाटोलाई सबै कांग्रेसजनले अबलम्वन गर्नुपर्नेमा जोड दिँदै उहाँले चाँगुनारायण नगरपालिका कार्यालयले स्व जानकीप्रसाद कुइँकेल प्रतिष्ठानलाई यस वर्ष रु १० लाख बजेट विनियोजन गरेर उहाँको योगदानको उच्च मूल्याङ्कन गरेको बताउनुभयो । दलीय गठबन्धन बनाएर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा देशको सबैभन्दा पार्टी बनाएकोे उहाँले चर्चा गर्नुभयो । चुनावमा ...
कर्णालीमा पाँच सय ४१ जना डेङ्गु सङ्क्रमित

कर्णालीमा पाँच सय ४१ जना डेङ्गु सङ्क्रमित

ब्यानर समाचार 2, स्वास्थ्य
डेङ्गु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेङ्गु फैलिन्छ ।कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेङ्गुबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिनुभयो । सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गु सङ्क्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित छन् । प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपच...
नवरात्रिको पाँचौँ दिन :  स्कन्दमाताको पूजा गरिँदै

नवरात्रिको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

ब्यानर समाचार 2
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनीमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् । पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु र मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छै...
दशैँ​अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

दशैँ​अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

ब्यानर समाचार 2, सेयर मार्केट
दशैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ भने शुक्रबार र शनिबार सेयर बजार बन्द हुनेछ। आइतबारबाट असोज २२ गतेसम्म  दशैँको विदा सुरु  हुने हुदा सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट विदा पाउनेछन् । दशैँमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से करिब १ साताका लागि बन्द रहनेछ ।  अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।...
नवरात्रिको चौथोे दिन : कुष्माण्डा देवीको पूजा गरिँदै

नवरात्रिको चौथोे दिन : कुष्माण्डा देवीको पूजा गरिँदै

ब्यानर समाचार 2
नवरात्रिको चौथोे दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ–‘कुत्सित : ऊष्मा कुष्मा–त्रिविधतापयुत : संसारत्रि :, स अण्डे मांसपेश्यामुदररुपायां यस्या : सा कुष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रुपमा चिनिनुहुन्छ । बडादशैँको चौथोे दिन आज कुष्माण...
कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

ब्यानर समाचार 2
नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाण्डाैकाे कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडक खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ । आइल्यान्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडक खण्ड झिलिमिली बनेको छ । कम बिजुली खपत गर्ने तर उज्यालो बढी दिने झन्डै चार सय ५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ । काठमाण्डाै महानगरपालिका, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीकाे महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा ...
चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जनाएको छ । अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको छ । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । ...
राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई भारतीय अवार्ड

राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई भारतीय अवार्ड

ब्यानर समाचार 2
नेपाली राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई भारतको “डा.एपिजे अब्दुल कलाम अवार्ड २०२२” प्रदान गरिने भएको छ । कविता र साहित्यमा उनको योगदानलाई मूल्याङ्कन गर्दै डा.एपिजे अब्दुल कलाम इन्टरनेशनल फाउन्डेशनले उक्त अवार्ड दिन लागेको हो । फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ जन्मजयन्तीको अवसरमा आगामी १५ अक्टोबर (२९ असोज) गते पश्चिम बङ्गालमा आयोजना हुने कार्यक्रममा अवार्ड प्रदान गर्नेछ । नेपाली राष्ट्रियगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ वि.सँ.२०६४ साउन १८ गतेदेखि लागू भएको थियो । उनले रचना गरेको राष्ट्रियगानमा ४६ शब्द र १२८ शब्द रहेको छ ।  ...
भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

ब्यानर समाचार 2, मनोरञ्जन
सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा पहिलो दिनमा नै ९२ लाख भारु कमाएको थियो । दोस्रो दिनमा ८० लाख भारतीय रुपैयाँ कमाएको चलचित्रले तेस्रो दिन ९५ लाख भारु कमाएको थियो । चलचित्रले चौथो दिनमा ४५ लाख भारु कमाएको थियो भने पाँचौँ दिनमा आम्दानी घटेर ३५ लाख भारु पुगेको थियो । चलचित्रले भारतमा करिब ३.४७ करोड भारु कमाएको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । चलचित्रका निर्माताहरुले पहिलो सप्ताहको अन्त्यमा चलचित्रले विश्वभरबाट ११ करोड भारु कमाएको चलचित्रले यो हप्ता १५ करोड भारु कमाउने अपेक्षा गरेको पनि भारतीय सञ्चारमाध्यमको भनाइ छ ।  ...