Friday, April 24
Shadow

Month: September 2022

जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

ब्यानर समाचार 2, समाचार, समाज
थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ ।  थारू समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।  थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविव...

साझा पुरस्कार ढुङ्गानालाई प्रदान

ब्यानर समाचार 2
विसं २०७८ को साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष’ कृतिका लागि कोशकार प्रा. नीलमणि ढुङ्गानालाई  साझा प्रकाशनले प्रदान गर्ने भएको छ। नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा  कोशकार प्रा. नीलमणि ढुङ्गानाले कोशमा उल्लेख गर्नुभएको छ । वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट ठहरिएका ग्रन्थलाई प्रत्येक वर्ष दिइने यो पुरस्कार उक्त कृतिलाई प्रदान गरिने प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले जानकारी दिनुभयो।  ...
प्रधानन्यायाधीश  राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद

प्रधानन्यायाधीश राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद

ब्यानर समाचार 2, राजनिती
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद भएको छ। महाअभियोग सिफारिस समितिले अहिले महाअभियोगको प्रतिवेदनमा छलफल गरिरहेको छ। गठबन्धनका सासंदहरूले महाअभियोग लगाउने आधारहरू रहेको भन्दै प्रतिवेदन दिन प्रस्‍ताव गरेको छ भने एमालेले भने चोलेन्द्र शम्सेरमाथि छानविन गर्न बाँकी नै रहेको समय अभाव भएको भनिरहेको छ। चोलेन्द्रशमशेरबारे एउटै प्रतिवेदन बनाउन सत्ता गठबन्धनले एमालेका सांसदहरूलाई प्रस्ताव गरेको नेपाली कांग्रेसका सासंद मीनबहादुर विश्वकर्माले जानकारी दिए। ‘हामीले एउटै प्रतिवेदन दिऊ भन्यौं तर उहाँहरूले भने अझै छानबिन गर्न बाँकी छ। समय अभाव भयो भनिरहनु भएको छ,’ उनले भने। समितिमा सत्ता गठबन्धनका सांसदकै बहुमत छ। त्यसैले उनीहरूकै प्रतिवेदन पास हुने भयो भने एमालेले नोटअफ डिसेन्ट लेख्ने एमालेकै एक सांसदले बताए। ...
भृकुटीमण्डपमा तीन दिने ‘दशैँ कार मेला’ आयोजना हुँदै, खरिदबिक्री सँगै एक्सचेञ्ज अफर

भृकुटीमण्डपमा तीन दिने ‘दशैँ कार मेला’ आयोजना हुँदै, खरिदबिक्री सँगै एक्सचेञ्ज अफर

ब्यानर समाचार 2
काठमाडौँ - दशैँलाई लक्षित गरेर यही असोजको १२ गतेदेखि १४ गतेसम्म  ‘क्यास अन ह्विल’ द्वारा भृकुटीमण्डपमा ‘दशैँ कार मेला’ आयोजना हुने भएको छ । नयाँ र पुराना गाडी खरिद बिक्री गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो । आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीले ‘अटो एक्स्पो’ मा नयाँ सवारी किनबेचसँगै एक्सचेञ्ज अफर समेत राखिएको बताउनुभयो। उहाँले मेलामा २०० भन्दा बढी प्रयोग गरिएका सवारी साधन समेत बिक्रीका लागि राखिने र नयाँ सवारी समेत राखिने जानकारी  दिनुभयो। बिहान १० बजेदेखि ६ बजेसम्म चल्ने मेलामा ५० हजारभन्दा धेरैले भ्रमण गर्ने बताइएको छ । बजारमा तरलता अभाव र सरकारको प्रतिबन्धका कारणले नयाँ सवारी उपलब्ध नहुँदा ‘सेकेन्ड ह्यान्ड’ सवारी बिक्रीका लागि मेला आयोजना गर्न लागिएको  आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीको भनाइ छ । ...
कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

ब्यानर समाचार 2, समाचार
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ स्थित अविरल वर्षापछि आएको बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ   ।  तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरि  सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । बाढीले पुल बगाएपछि त्यहाँको स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीले नदी किनारका बस्तीमा समेत क्षति  पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुहरू पनि  बगाएको छ ।   बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् । ...
प्रेस काउन्सिल नेपाल द्वारा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपाल द्वारा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
काठमाडौँ :  मिति २०७९।०५।३१ शुक्रबारका दिन प्रेस काउन्सिल नेपालको प्रागणमा भएको "पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम" अनलाइन सञ्चारकर्मीहरूलाई अभिमुखीकरण तालिमसहित प्रमाणपत्र वितरणपश्चात सम्पन्न भयो। उक्त कार्यक्रम को अध्यक्षता प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन' सञ्चालकद्वय रामशरण बोहोरा र झविन्द्र भुसालले  गर्नुभएको थियो। दुई चरणमा भएको कार्यक्रममा २७ संस्थाले भाग लिएका थिए। जिल्ला बाहिर रहनुभएका पत्रकार साथीहरू अनलाइन मार्फत जोडिनु भएको थियो। विषयविज्ञ हरि प्रसाद जोशी(प्रेस काउन्सिलका सदस्य)ले नकारात्मक/भ्रामक समाचार बनाएर आफ्नो ग्राहक बनाउनु भन्दा   सत्य तथ्यमा आधारित समाचार, स्वस्थ र जिम्मेवारपुर्ण समाचार सम्प्रेषण गरी  समाजलाई सकारात्मकतातर्फ अगाडी बनाउने मिसन पत्रकारिता हुनुपर्छ भन्नेमा जोड दिनुभयो साथै गोप्य स्रोतको संरक्षण ...
कागतीखेती : थोरै लगानीमा  धेरै आम्दानी

कागतीखेती : थोरै लगानीमा धेरै आम्दानी

कृर्षि, ब्यानर समाचार 2
त्रिवेणी, ३१ भदौ : थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।” उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किस...
नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

आर्थिक, ब्यानर समाचार 2
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर एक हजार नौ सय १० दशमलव ३८ मा सीमित भएको छ । यस्तै, ठूल कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७१ दशमलव ९० मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर रु ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर मूल्य शून्य दशमलव शून्य एक अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ छ दशमलव ८७, व्यापार छ दशमलव शून्य दुई, होटल तथा पर्यटन १९ दशमलव तीन, विकास बैंक ४४ दशमलव शून्य एक, जलविद्युत् २५ दशमलव २४, वित्त २२ दशमल...
प्रतिनिधिसभा:  वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभा: वार्षिक प्रतिवेदन पेश

ब्यानर समाचार 2, राजनिती, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले सो प्रतिवेदन पेश गर्नुभएको हो ।यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गर्नुभयो । ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्नेगरी स्थगित भएको छ । ...