Thursday, April 18
Shadow

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै


  • -इ
  • इ+

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ ।

समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा विस्तृत छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा व्यापक छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares