Tuesday, March 19
Shadow

निर्वाचन विशेष

प्रदेश १ : छ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

प्रदेश १ : छ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रदेश नम्बर १ मा छ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिनुहुने भएको छ । प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने हुनुभएको हो । प्रदेशसभा सचिवालयका अनुसार इलाम प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले समेत मातृभाषामा शपथ लिनुहुने भएको छ । आङ्बो नेकपा (माओवादी केन्द्र) र लङ्वा नेकपा (एकीकृत समाजवादी) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यस्तै ताप्लेजुङ प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम, जनता समाजवादी पार्टीबाट निर्वाचित निर्मला लिम्बू, पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले समेत मातृभाषामा शपथ लिने हुनुभएको छ । यत...
समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने

समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५(५ सिट पाएका छन् । प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । आज नामावली सार्वजनिक हुनेछ ।   ...
राष्ट्रिय पार्टीले बुझाए समानुपातिक सांसद को नामावली , हेर्नुस् को भए  सांसद !

राष्ट्रिय पार्टीले बुझाए समानुपातिक सांसद को नामावली , हेर्नुस् को भए सांसद !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् । सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्– नेपाली कांग्रेस आदिवासी जनजातितर्फ  १. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सीता कुमारी राना ४. सुशीला थिङ ५, सपना राजभण्डारी ६ माया राई ७. कुसुम थापामगर ८ मनोरमा सेरचन खस/आर्यतर्फ  १. अम्बिका बस्नेत २. सरिता प्रसाईं ३. आरजु राणा देउवा ४. ईश्वरी न्यौपाने ५. प्रतिमा गौतम ६. मञ्जु खाँण ७. रमा कोइराल...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।  ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय  सदस्यहरु छन् । बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् ।...
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । ...
जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक सङ्घीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारमध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले रु चार लाख ३८ हजार, गोमा कुँवर ...
रवि लामिछाने को तर्क नागरिकता त्यागेकै छैन । कति सत्य ! कति झुठ !

रवि लामिछाने को तर्क नागरिकता त्यागेकै छैन । कति सत्य ! कति झुठ !

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरण पत्रमा उल्लेखित विवरणले उनले प्रयोग गरिरहेको नागरिकता अवैध देखाएको छ। नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै परेको उजुरीबारे निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा उनले आयोगमा स्पष्टीकरण पत्र बुझाएका थिए। पत्रमा उनले आफू अमेरिकी नागरिक भएपछि नेपाली नागरिकता त्याग्न निवेदनै नदिएको अनि नेपाल सरकारले पनि आफ्नो नागरिकता रद्द गर्ने निर्णय नगरेकाले आफू नेपाल फर्कँदा नेपाली नागरिकै रहेकाले नागरिकता पुन प्राप्ति सम्बन्धी प्रक्रियामा जानै नपर्ने तर्क गरेका छन्। यसले उनले अमेरिकी नागरिकको कानुनी अधिकार त्यागेपछि नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिकामा उल्लेख गरिएको प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय...
निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता पुनः पुष्टि

निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता पुनः पुष्टि

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ । “निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ”, शीर्ष नेताहरूद्वारा ...
दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याउनुभएको छ । प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः ...