Sunday, May 19
Shadow

Month: August 2022

‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

ब्यानर समाचार, राजनिती
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिनुभयो । अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ । यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विवि...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आर्थिक, ब्यानर समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ । कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो । त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्यु...
कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित

कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित

समाचार
काठमाडौं- नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । छायाँछबि क्रियसनले श्रेष्ठलाई नवौं छायाँछबि तीज म्युजिक अवार्डका अवसरमा ‘सामाजिक सेवा सम्मान’ अर्पण गरेको हो । देश, समाज र राष्ट्रका लागि उल्लेखनीय भूमिका खेल्नुका साथै कपडा तथा सिलाई व्यवसायका माध्यमबाट राज्यमा पुर्याएको योगदानको कदर गर्दै संस्थाले श्रेष्ठलाई सम्मान गरेको हो । कपडा तथा सिलाई व्यवसाय श्रेष्ठको पुर्खेउली व्यवसाय हो । इटहरि, नेपालगञ्जको कोहलपुर, काठमाडौंको न्युरोड र मैतीदेवीमा उनको व्यवसाय छ । सम्मानले सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको श्रेष्ठले बताए ।...

आतङ्कवादविरुद्धको कारबाहीमा नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए

अन्तर्राष्ट्रिय
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिनुभएको हो ।नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नाे र योबेमा सो कारबाही गरिएको थियो । यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो ।उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरुले बोर्नाे र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो । त्यस कारबाहीका क्रममा यहाँका एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए ।उनीहरुले हातहतियारस...
अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो । नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचे...

भरतपुरमहानगरद्वारा २७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

Uncategorized
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्न छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । “जहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले भन्नुभयो । एकतीस संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ६३ र अन्य एक...

अज्ञात रोगबाट हुम्लामा ६० पशुको मृत्यु

कृर्षि, ब्यानर समाचार
हुम्ला- ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का स्थानियले बताएका छन्। अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् । गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गर्नुभयो । “पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन”, उहाँले भन्नुभयो । ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप लगाउने क...
पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

टिप्स, ब्यानर समाचार, विचार, शिक्षा
नेपाल सरकारद्वारा संचालित जनक शिक्षा सामग्री केन्द्र लि. द्वारा प्रकाशित प्रा.बी. तह देखी स्नातकोत्तर(डिग्री)तह सम्मका पाठ्य सामग्रीहरुमा आयातित विभिन्न शब्दहरु यो चाहिँ ल्याटिन भाषा बाट आएको, यो चाहिँ रोम बाट आएको, ग्रीक बाट आएको भनेर उल्लेख गरेको पाइयो तर त्यत्रो पश्चिमी सभ्यताको परिचय दिँदै गर्दा कहिँ कतै पनि यो चाहिँ पाली भाषा बाट यो चाहिँ संस्कृत बाट, नेवारी ,गुरुङ, तामाङ भाषाबाट आएको भनेर एक ठाउँ उल्लेख गरेको पाइएन। त्यस्तै अर्को कक्षा १० को ऎच्छिक जनसंख्याको पुस्तकमा "जनगणनाको ऐतिहासिक विकासक्रम ( Historical Development of Census ) जनगणनाको इतिहासतर्फ अध्ययन गर्दा प्राचीन जनगणनाको सङ्केत बाइबलमा समेत देखिएको छ । बाइबलमा उल्लेख भएअनुसार पहिलो जनगणना मोसेस ( Moses ) ले  ई . पु . १४१९ र किड्स डेभिड ( King David ) ले  ई . पु . १०१७ मा गराएका थिए । त्यस्तै ई.पू. ३८०० मा बेबिलोनिया , ई...
कर तिरेर बसेका संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघले बोलायो बैठक

कर तिरेर बसेका संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघले बोलायो बैठक

मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौँ उद्योग वाणिज्य सङ्घले बैठक बोलाएको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको बताए । उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न नपाइने उनको भनाई छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत रहेका श्रेष्ठले कानूनीरूपमा पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने-नपाउने व्यवस्था स्पष्ट नभएको समेत बताए । उनले साना व्यवसायीको बिचल्ली भएकाले त्यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको बताए । ...
राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई

राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई

ब्यानर समाचार, राजनिती
काठमाडौँ- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन्। आफू कहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन्। सोही क्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन्। तर, उनको सो छलफल संविधान विपरीत रहेको डा.भट्टराईको दाबी छ। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ कतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन।’ चुनावको मुखमा ‘राष्ट्रपति उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोज्न ...