Tuesday, April 14
Shadow

राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई


  • -इ
  • इ+

काठमाडौँ- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन्।

आफू कहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन्।

सोही क्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन्। तर, उनको सो छलफल संविधान विपरीत रहेको डा.भट्टराईको दाबी छ।

नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ कतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन।’

चुनावको मुखमा ‘राष्ट्रपति उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोज्न नहुने पूर्व प्रधानमन्त्री डा.भट्टराईको भनाइ छ।

‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा ‘राष्ट्रवादी’उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोजेको भए झन् भएन,’ बाबुरामले ट्विटमा उल्लेख गरेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares