Thursday, April 25
Shadow

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


  • -इ
  • इ+

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ । कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो ।

त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्युत् ४० दशमलव ६६, वित्त ३३ दशमलव १७, निर्जीवन बीमा ५६ दशमलव ७९, उत्पादन ५४ दशमलव ६८, अन्य छ दशमलव ७५, लघुवित्त ४१ दशमलव ४१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक र लगानी शून्य दशमलव ६९ अङ्कले ओरालो लाग्यो ।

शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९८ अर्ब २६ करोड छ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ बराबरको कारोबार भयो ।

यस्तै रिडी हाइड्रोपावर रु पाँच करोड ८७ लाख १३ हजार दुई सय ८७, अरुण काबेली पावर कम्पनी रु चार करोड ७४ लाख १९ हजार सात सय ८७, राधी विद्युत् कम्पनी रु चार करोड २८ लाख ४१ हजार छ सय ८९ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ९० लाख ५७ हजार आठ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कम्र्पोरेशन पाँच ९५, अप्पर हेवा खोला हाइड्रोपावर पाँच दशमलव ३८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव ९८, मल्टीप्रपोज फाइनान्स कम्पनी दुई दशमलव ९८ र समिट लघुवित्तका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर चार दशमलव ८८, कालिका पावर कम्पनी चार दशमलव ३९, ग्रीन डेभलपमेन्ट बैंक तीन दशमलव ८४, रिलायन्स फाइनान्स तीन दशमलव ७९ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares