Saturday, May 4
Shadow

कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित


  • -इ
  • इ+

काठमाडौं- नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । छायाँछबि क्रियसनले श्रेष्ठलाई नवौं छायाँछबि तीज म्युजिक अवार्डका अवसरमा ‘सामाजिक सेवा सम्मान’ अर्पण गरेको हो ।

देश, समाज र राष्ट्रका लागि उल्लेखनीय भूमिका खेल्नुका साथै कपडा तथा सिलाई व्यवसायका माध्यमबाट राज्यमा पुर्याएको योगदानको कदर गर्दै संस्थाले श्रेष्ठलाई सम्मान गरेको हो ।

कपडा तथा सिलाई व्यवसाय श्रेष्ठको पुर्खेउली व्यवसाय हो । इटहरि, नेपालगञ्जको कोहलपुर, काठमाडौंको न्युरोड र मैतीदेवीमा उनको व्यवसाय छ । सम्मानले सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको श्रेष्ठले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares