Friday, April 26
Shadow

पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर


  • -इ
  • इ+

नेपाल सरकारद्वारा संचालित जनक शिक्षा सामग्री केन्द्र लि. द्वारा प्रकाशित प्रा.बी. तह देखी स्नातकोत्तर(डिग्री)तह सम्मका पाठ्य सामग्रीहरुमा आयातित विभिन्न शब्दहरु यो चाहिँ ल्याटिन भाषा बाट आएको, यो चाहिँ रोम बाट आएको, ग्रीक बाट आएको भनेर उल्लेख गरेको पाइयो तर त्यत्रो पश्चिमी सभ्यताको परिचय दिँदै गर्दा कहिँ कतै पनि यो चाहिँ पाली भाषा बाट यो चाहिँ संस्कृत बाट, नेवारी ,गुरुङ, तामाङ भाषाबाट आएको भनेर एक ठाउँ उल्लेख गरेको पाइएन।

त्यस्तै अर्को कक्षा १० को ऎच्छिक जनसंख्याको पुस्तकमा “जनगणनाको ऐतिहासिक विकासक्रम ( Historical Development of Census ) जनगणनाको इतिहासतर्फ अध्ययन गर्दा प्राचीन जनगणनाको सङ्केत बाइबलमा समेत देखिएको छ । बाइबलमा उल्लेख भएअनुसार पहिलो जनगणना मोसेस ( Moses ) ले  ई . पु . १४१९ र किड्स डेभिड ( King David ) ले  ई . पु . १०१७ मा गराएका थिए । त्यस्तै ई.पू. ३८०० मा बेबिलोनिया , ई.पू. २५०० मा मिश्रमा प्राचीन जनगणना भएको पाइन्छ।”भनेर बिचमा बाइबलको उदाहरण घुसाई हालेछ।

इसाई धर्म ग्रन्थ “बाइबल” दुई प्रकारको हुन्छ पूर्वविधान(ओल्ड टेस्टामेंट) र नव विधान ( न्यू टेस्टामेंट ) गरेर दुईवटा हुन्छ, इसाईले अधिक मान्ने नव विधान अर्थात न्यु टेस्टमेन्ट हो पुरानो विधानलाई येशु जन्मनु अगाडि लेखेको मान्ने गरिन्छ पूर्वविधानको अधिकांश रचना ९०० ईपू देखि १०० ईपू लेखिएको हो। बाइबलको नवविधान (न्यु टेस्टामेंट) आएपछि नै ईसाई धर्मको शुरुआत मान्ने गरिन्छ जुन ग्रन्थको रचनाकाल सन् ५० ईस्वी देखि सन् १०० ईस्वी सम्म लेखिएको मान्ने गरिन्छ, यो हिसाबले बाइबल २००० वर्ष भन्दा पुरानो होइन ओल्ड टेस्टमेन्टलाई पनि सामेल गरेर हेर्ने हो भने तीन हजार वर्ष नै पुरानो हो।

वेद

सनातन धर्मको ऋगवेद ग्रन्थ मानव सभ्यताको सबैभन्दा पुरानो ग्रन्थ मध्ये एक हो, अहिले प्राचीन वेदको २८ हजार पांडुलिपि भारतको पुणे स्थित “भंडारकर ओरिएंटल रिसर्च इंस्टीट्यूट” मा राखेको छ। त्यहाँ रहेकोे ऋग्वेदको ३० पाना पांडुलिपिलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेर यूनेस्कोले ऋग्वेदको रचनाकाल ईपु १८००देखि १५०० ईपु ठहर्‍याएका छन् भने प्रोफेसर विंटरनिट्जको भनाइ अनुसार वैदिक साहित्यको रचनाकाल २ हजार ईपु देखि २५०० ईपु हुनुपर्छ भनेर दावी गरेको छ, यसमा मैले कुनै पौराणिक अध्यात्मिक हिसाबले कालगणना नगरीकन पश्चिमी विद्वानहरुकै भौतिकवादी बैज्ञानिक हिसाबमा लेखेको छु त्यसो गर्दा पनि बाइबल भन्दा वेद हजार पन्ध्र सय वर्ष पुरानो हुन आउँछ।

यी माथिल्लो प्रसंग जनगणना बाइबल बाट आएको भन्ने सन्दर्भमा मैले केहि पृष्ठभुमि खोतल्न खोजेको मात्रै हो। जहाँ हाम्रो बालबालिकालाई हाम्रो नेपालमा गरिने जनगणना बाइबल बाट आएको भनी रहँदा त्यो बाइबल त के कुरा येशुको हजुरबुबा जिज्यु बुबा जन्मनु भन्दा पनि हजार पन्ध्र सय वर्ष अगाडि नै ऋग्वेदमा राज्य भित्र जनगणना गरेको उल्लेख आउँछ भनेपछि जनगणना सनातनी सभ्यताको देन हो की रोमन सभ्यताको ? ऋग्वेदमा राजाले को संग कति हात्ती कति घोडा सम्मको विवरणको प्रसंग आउँछ भने महाभारत कालमा कौरव र पांडवले आआफ्नो सैन्यदलको गणना गरेर लागत खर्चको हिसाबकिताब दुरुस्त राख्ने गरेको पाइन्छ।

इसाई धर्मको प्रवर्तक येशु जन्मनु अगाडि नै भारतमा मौर्य साम्राज्य थियो, उक्त साम्राज्य अन्तर्गत रहेकोे जनताको प्रत्येक व्यक्ति घर धुरीको रजिस्टरमा दर्ता गर्ने प्रचलन रहेकोे कौटिल्यको अर्थशास्त्रमा यसको विवरण पाइन्छ मात्रै होइन नेपाल बाट त्यतिबेला भेंडाको उन बाट बुनेको राडी पाखी पुग्ने गरेको पनि उल्लेख गरेको समेत पाइन्छ जसले (कौटिल्यले) आफ्नो अर्थशास्त्र सिद्धान्तमा करको व्यवस्था गर्न जनसंख्या तथ्यांक, आर्थिक, कृषि यावत विषयमा लेखिएको विस्तृत विवरण पाइन्छ।

यहाँनेर एउटा प्रसंग पनि जोडौं समसामयिक नै हुन्छ होला एकजना तिब्बती भिक्षु “रा लोचवा जसलाई लामाहरुले बज्रकिर्ती धोर्जेढाक भन्ने गरिन्छ, ऊनी उपत्यकाको तान्त्रिक गुरु भारो बज्राचार्य संग बज्रभैरवको तान्त्रिक साधना गर्न आएका थिए। ऊनी लामो समय चोभारको गुफामा बसेर बज्रभैरवको साधना गरेको थिए, यो ११ औं शताब्दीको वरिपरिको कुरा हो त्यतिबेला उहाँले उपत्यका भित्र कति घर धुरी रहेछ भनेर गणना गर्दै तथ्यांक निकाल्दा जम्मा ५०० घर धुरी भालयुल (नेपाल) उपत्यकामा रहेछ भनेर तिब्बती बौद्ध ग्रन्थमा उल्लेख गरेको पाइन्छ, भन्नाले जनगणना पद्धति यहाँ पनि हुने गर्थ्यो भन्ने एउटा सानु संकेत यता पनि पाइन्छ।

रोमन सभ्यता भन्दा अगाडि नै दक्षिण एशियाली देशमा वा यो जम्बुद्विपमा प्रचलनमा थियो भने पश्चिमको त्यो पनि बाइबल ग्रन्थ बाट मात्रै आएको भनेर हाम्रो बालबालिकालाई नेपाल सरकारले यस्तो शिक्षा दिएर गर्न गराउन खोजेको के हो ?
ठिकै छ लेख्नपर्ने वाध्यता नै थियो भने पनि बाइबलमा पनि जनगणना गर्ने प्रचलन पाइन्छ प्राचीन ऋग्वेद देखि कौटिल्यको अर्थशास्त्रमा पनि पाइन्छ भनेर जोड्न किन सकेनौं ?
भन्न नभएर मात्रै हो तिमीहरू उच्च शिक्षा क्षेत्रमा कार्यरत अधिकारी नेता बुद्धिजीवी डिग्रीधारीहरु सबै पश्चिमाले फाल्ने green card – DV – dollar को पासोमा परिसकेका छौ र आफ्नो सभ्यता आफ्नो पहिचान आफ्नो अस्तित्व माथि निर्मम भएर बुलडोजर चलाएर धुलोपिठो पार्दै छौ।

मोहन लामा रुम्बाको फेसबुक वाल बाट साभार गरिएको:

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares