Wednesday, May 8
Shadow

Month: August 2022

प्रदेशसभाको बैठक भदौ १७ गते

राजनिती, समाचार
प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ । ...

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो । प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।...
झापा-३ प्रदेश ‘क’ मा डिल्लीराम घिमिरेको उम्मेदवारी घोषणा

झापा-३ प्रदेश ‘क’ मा डिल्लीराम घिमिरेको उम्मेदवारी घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- डिल्लीराम घिमिरे 'हिक्मत' ले मङ्सिर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र ) को तर्फबाट झापा क्षेत्र नं. ३ को प्रदेश 'क ' मा प्रदेश सांसद को उम्मेदवारी दिने घोषणा उहाँले आफ्नो पार्टी कमिटीको बैठकमा आफ्नो धारणा राख्नुभएको छ। २०५३ देखि अनेरास्ववियु (क्रान्तिकारी) बाट राजनैतिक जीवनको यात्रा गर्नुभएको डिल्लीराम घिमिरे 'हिक्मत ' ले २०५६ को स्ववियु निर्वाचन स्थानीय चुनाव र संसदीय चुनावहरूको निर्वाचन कमान्ड सम्हालेर चुनावी रणनीति र कार्यनीतिको ज्ञान हासिल गरिसक्नुभएको छ । बिध्यार्थी आन्दोलनमा २०५९मा ६ महिना जेल जीवन, २०५८ मा नेकपा माओबादी पार्टी जिल्ला सदस्य पुस १३ मा जनयुद्धको क्रममा गिरफ्तार भई ०५९ चैत मा रिहा भै फेरि जन आन्दोलन कै समय ०६२ मङसिरमा गिरफ्तार भै ०६३ जेष्ठ मा रिहा हुनुभएको थियो भने उहाँ ०६३ मा YCL नेपालको केन्द्रीय सदस्य , ०६५ मा केन्द्रीय सचिवालय सदस्य र कोचिला...
काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट पाण्डे र रेग्मी सिफारिस

काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट पाण्डे र रेग्मी सिफारिस

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं ५ मा प्रत्यक्ष तर्फ राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) बाट सुरज पाण्डे (कालो बाहुन) र केशव रेग्मी सिफारिस भएका छन् । आज (सोमबार) आयोजित सम्भावित उम्मेदवार चयन कार्यक्रमबाट संघिय निर्वाचनका लागि पाण्डे र रेग्मी सिफारिस भएको क्षेत्रिय​ अध्य​क्ष​ न​बिन खड्काले बताए । राप्र​पाका उपाध्यक्ष​ त​था स​चिवाल​य​ प्र​मुख​ हेम ज​ङ गुरुङको प्र​मुख​ आतिथ्य​तामा भएको उम्मेद​वार छ​नौट कार्यक्रममा उपस्थित अधिकांशले सुरज पाण्डे (कालो बाहुन) लाई नै समर्थन जनाएका छन् । रास्ट्रिय​ युवा मोर्चाको केन्द्रिय​ संयोजक समेत रहेका पाण्डे त्यस क्षेत्रमा लोकप्रिय छन् । युवा र लोकप्रिय भएकै कारण अन्य दलका उम्मेदवार संग टक्कर लिन सक्ने क्षमता भएकाले पाण्डे नै उम्मेदवारमा चयन हुनु पर्ने कार्यक्रममा उपस्थीत अधिकांशको धारणा रहेको छ । साथै केश...
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अतिक्रमित जग्गाको लगत सङ्कलन सुरु

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अतिक्रमित जग्गाको लगत सङ्कलन सुरु

मुख्य समाचार, राजनिती
नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक र अतिक्रमण भएका जग्गाको लगत सङ्कलन कार्य सुरुआत गरेको छ । नगरप्रमुख प्रशान्त विष्टले ३० दिने सूचना जारी गरेर अतिक्रमण भएका जग्गा खाली गराइने र सार्वजनिक जग्गाको संरक्षण गरिने जानकारी दिनुभयो । “सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उहाँले भन्नुभयो । प्रमुख विष्टले लगत सङ्कलन तत्काल सुरु भए पनि यसको कार्यान्वयन हुन करिब तीन महिनाको समय लाग्ने जनाउँदै नक्सा पास नभई निर्माण भएका घरको समेत अध्ययन हुने बताउनुभयो । “पालिकाभित्र धेरै ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण भएकाले त्यस्ता जग्गा कति छन् त्यसको खोजी गरेर लगत निकालिने छ”, उहाँले भन्नुभयो । उहाँले कसैको डर र प्रभावमा नपरी सार्वजनिक जग्गाको अतिक्रमण हटाइनेमा जोड दिँदै सर्वदलीय सहमतिसमेत जुटाइने बताउनुभयो । पालिकासँग सार्वजनिक जग्गाको विषयमा तथ्याङ्क छैन । नेपालगञ्जको त्रिवेण...
फेरि डा. गोविन्द केसीको अनसन सुरु

फेरि डा. गोविन्द केसीको अनसन सुरु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्। सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसबीचमा माग पुरा नभए यही भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने डा. केसीले बताए। यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउन माग गरेका छन्।त्यसैगरी जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुप...
चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ। अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमण पछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो। सो भ्रमणको विरोधमा चीनले त्यस क्षेत्रमा सैन्य अभ्यास गरेको थियो। उक्त जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आवतजावत गर्ने गरेका छन्। वासिङ्टनले ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकार प्रयोग गर्दैछन्। बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ, ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ।आइतवार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ। रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै...

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

ब्यानर समाचार 2, राजनिती
राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो । यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आजै केहीबेरमा पुनः बस्नेछ ।...
गठबन्धन आजको आवश्यकता –  डा.शेखर कोइराला

गठबन्धन आजको आवश्यकता – डा.शेखर कोइराला

ब्यानर समाचार, राजनिती
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पार्नुभयो ।नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताउनुभयो । उहाँले नेपाली कांग्रेसले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राख्नुभयो । नेता डा. कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिनुभयो । उहाँले जनतासँग ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

अन्तर्राष्ट्रिय, स्वास्थ्य
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दश हजार दुई सय ६५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ८९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ७०७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ६८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५६ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा १३ हजार पाँच सय २८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ७० ...