Thursday, May 9
Shadow

Month: August 2022

उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

अन्तर्राष्ट्रिय, मुख्य समाचार
युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिहेको प्राप्त विवरणमा जनाइएको छ । सहयोगवापत पुटिनले उत्तर कोरियाका १ लाख सेनालाई उर्जा र खाद्यान्न उपलब्ध गराउन इच्छुक रहेको बताइएको छ । उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र (डीपीआर) र लुहान्स्क जनगणतन्त्र (एलपीआर)मा परिचालन गरिने जनाइएको छ । ती दुबै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् । ‘उत्तर कोरिया आफ्ना १ लाख सेना दोनबास परिचालन गर्न तयार छ’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ , ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्नेछ । त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्नेछ । उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीका...
पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

आर्थिक, ब्यानर समाचार
काठमाडौं- चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले न्युज कारखानासँग भने । रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु ...
अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

ब्यानर समाचार, राजनिती, विचार
चीनसँग निहुखोज्न अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । अब यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ । किनकि चीन अहिले संसारमा धेरै शक्तिशाली छ । अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। चीनसँग निहुखोज्न ताइवान अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । सन् १९५० देखि नैं ताइवान चीनको अभिन्न अंगको रुपमा एकचीन नीतिभित्रको राज्य हो भन्ने कुरा अमेरिकाले वास्ता नगरेर ताइवानलाई एक स्वतन्त्र राष्ट्र्रका रुपमा मान्दै ताइवानलाई आगोको भूंग्रामा हाल्न खोजेको छ । चीनको विकास, निर्माण र अमेरिका लगायत संसारका कैयौं राष्ट्र्रहरुमा आफ्ना दैनिक उपभोगका सामाग्रीहरु सस्तोमा बिक्री भइरहेकाले अमेरिका चीनसँग आक्रोशित छ । अहिले अमेरिकामा चीनका अनेकौं सामाग्रीहरुले ठूलो प्रभाव जमाएको छ । लगभग ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्द...
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ । दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूच...
काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राप्रपाबाट कार्कीले गरे उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राप्रपाबाट कार्कीले गरे उम्मेदवारी घोषणा

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते एकै साथ प्रदेश र संघको निर्वाचन हुने भए संगै विभिन्न क्षेत्रबाट उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को तर्फबाट दिलिप कुमार कार्कीले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् । शनिवार आयोजित सक्रिय सदस्य सचेतना कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन । कार्की सोहि क्षेत्रका अध्यक्ष समेत हुन् । पार्टीमा लामो समय देखि सक्रिय रुपमा काम गरिरहेका कार्की युवा नेताका रुपमा चर्चित छन् । हक्की स्वभाव, निडरता र प्रष्ट वक्ता भएकै कारण उनी युवा माझ लोकप्रिय रहेका छन् । देशभर युवाको लहर चलिरहेको र राजनीतिमा युवा वर्गको माग भई रहेको समयमा आफूले उम्मेदवारी दिने निर्णय गरेको कार्कीले बताए । उनी निरन्तर पार्टी भित्र निष्क्रीय रहेकालाई सक्रिय बनाउने र पार्टीमा युवा वर्गलाई समेट्ने अभियानमा लागि र...
दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी नेपाल बिश्वले राजतन्त्रात्मक देश भनेर मानचित्रमा अङ्कित देश हाे र थियाे। कसले ल्यायाे गणतन्त्र ! याे जटिल प्रस्नकाे जबाफ सहज छैन । कमजाेर राजा, बिलासी र शत्ताभाेगी महारानी हरुकाे दरबारिया चलखेल शत्ता प्रप्तिका लागिमात्र नभएर भारदार मुख्तियारीहरुसङ्गकाे सहबासका लागि शक्ति सञ्चयका कारणले राणा शासन स्थपित भएकाे ईतिहास लेख्न नेपालका ईतिहासकारकाे हात कामेर हाे या ईतिहास बलियाकाे हतियार भन्ने भनाइ काे कारण हाे याे पठकले छुट्यउने बिषय हाे। सत्यकुरा के हाे भने राणाशासनले नै नेपालकाे राजतन्त्र खाई सकेकाे हाे । राणाकाे पतन पछि राणाले राजालाई खाेपामा राखेर राजगरेकाे भनेर लेखिएकाे ईतिहास त कुनै राजशाही वा समर्थकबाट खण्डन भएन ।१०४ बर्ष राणा शासनै चलेकाे हाे पृथ्बीनारायणका शाहका सन्तान खानकी खाएर बसेकाे तथ्यले राजा हटेका भनिएन यसमा राणाहरुकाे डर थियाे ।२००७ सालकाे प्रजातन्त्र बहाली...
व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी अहिले सडकमा सुनिन्छ , श्री ५ को बहाली हुनुपर्छ भन्ने धेरै गुणगान सुनिन्छ । शाही कालका यातना भोग्ने ठुलो हिस्सा परमधाम पुगिसके । बाकि रहेकालाई पनि तत्कालिन सासकले दमन गरेको बिषय जानकार पाउने अबस्था थिएन । कतिले बिगत बिर्सेपनि हालत अहिलेको सन्दर्भमा राजाको गाना नगाउनु राम्रो होला । महाराजको पालामा बजेट कमै खान्थे । मण्डले सत्तापक्षलाई मनपरि गराएरै पन्चायत जोगाएको हो। कति पन्चायत बिरोधी मारिए त्यसको लेखाजोखा छैन । कति मुर्ति बिदेशिए स्वयंम श्री ५ हरु स्मलिङमा भिडेको खबर आएको आजका नव युवकले सुन्न पाएका थिएनन। नमिता सुमिता काण्ड सत्ताधारीले हटाएकाले अहिले सम्म अत्तोपत्तो भएन । बोइङ काण्ड घटाएर आरएनएसी डुबाउने काण्ड महाराजकै पालामा सुरुभएको हो।आफ्ना मान्छे सबै पन्च कहलिन्थे जे गरेनि हुने कसैलाइ सिध्याउनु छ भने अराष्टिय तत्वको ब्यबस्था बिरोधि भनेर सिध्याएका घटना धेरै छन ...