Saturday, May 18
Shadow

Month: September 2021

संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, असोज ३ संविधान दिवसको दिन संयुक्त जनआन्दोलन मोर्चाले प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा उनीहरूले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले राजा आऊ देश बचाऊ, महेन्द्र पथ जिन्दावाद, असोज तीन कालो दिन जस्ता नारा लगाएका थिए । संवैधानिक राजसंस्था स्थापना, वैदिक सनातन हिन्दू अधिराज्य कायम, संस्थागत भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रर्दशन गरेका हुन् ।...
भोलिदेखि नयाँ नोट साट्न पाइने

भोलिदेखि नयाँ नोट साट्न पाइने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ३ भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।...
बन्चरे डाँडामा सदाका लागि फोहोर बन्द गर्न स्थानियले गरे आन्दोलन

बन्चरे डाँडामा सदाका लागि फोहोर बन्द गर्न स्थानियले गरे आन्दोलन

समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, असोज २ लक्ष्मण श्रेष्ठ नुवाकोट, ककनी गाउँपालिकाको वडा नं २ बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गरेका छन् । संबिधानले सुनिस्चित गरेको मौलिक हक भित्र पर्ने सबै नागरिक सो सरह स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन् नगर, आफ्नो फोहोर आफै व्यवस्थापन गर भन्दै धादिङ धुनिवेशि नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १ सिसडोलमा काठमाण्डौं, ललितपुर र भक्तपुर  मात्र नभइ धुलिखेल र बनेपा छेउ सम्मको फोहोर फालिदै आएको र अहिले सिसडोलमा वातावरण प्रदुषण हुन थालेपछि बन्चरे डाँडामा सार्न लाइ तयारि हुदै गर्दा फोहोर फल्न नदिने भन्दै त्यहाँका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यन्व...
घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

जिवनसैली, भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज ०२, ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत “बाँसको डोको” सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ । प्रस्तुत गीतमा रामशरण आले, केशब श्रेष्ठ र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । सो गीतमा शब्द संगीत नेपालको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा आएका बिकृति र बिशंगतिलाई हामि सम्पूर्ण सचेत नागरिकले पखाल्नु पर्छ भन्ने किसिमका उच्च सोच बोकेर हिड्ने शम्भु का यस भन्दा पहिला प्रस्तुति झैँ यस प्रस्तुतिले पनि सफलता प्राप्त गर्ने कुरामा ढुक्क रहन सकिन्छ । किन कि यस गीतमा प्रयोग भएका सम्पूर्ण संयोजन उत्कृष्ट रहेका छन् । ...
विवेकशील साझा पार्टी ,नुवाकोटद्धारा एमसिसि विरुद्ध प्रदर्शन

विवेकशील साझा पार्टी ,नुवाकोटद्धारा एमसिसि विरुद्ध प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, भाद्र ३१ विवेकशील साझा पार्टी ,नुवाकोटले एमसिसि विरुद्ध प्रदर्शन गरेको छ । बिहिवार नुवाकोटको सदरमुकाम विदुरमा विरोध गरेको हो । एमसीसी कुनै अनुदान होइन मात्र हस्तक्षेप गर्ने योजना हो , विरालो बनेर छिर्ने सिंह बनेर नेपालमा राज गर्ने योजना हो भन्दै विवेकशील साझा पार्टी ,नुवाकोटका संयोजक दामोदर नेपालको नेतृत्वमा पार्टी सदस्य तथा अन्य देश प्रेमि नागरिकहरुको समेत सहभागितामा विरोध सभा गरेका थिए । ...
नेप्से : सबै सूचक राताम्मे

नेप्से : सबै सूचक राताम्मे

आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, भाद्र ३१ साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक ७६.६५ अंकले गिरावट आएको छ। नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८१२.३८ अंकमा झरेको छ । विहिबार शेयर बजार दिनभर उतारचढाव भएर परिसूचक दुई हजार ७९५ सम्म झरेको थियो। तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिदा नेप्से दुई हजार ८ सयको विन्दु माथि नै रहन पुग्यो। आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ । स्मरण रहोस्, बुधबार कारोबार रकममा गिरावट आएर ५ अर्ब ३५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव रहेको छ। तरलता अभावका कारण बैंकहरूले निक्षेप संकलन बढाउनको लागि असोज १ गतेदेखि लागु हुनेगरी निक्षेप तथा कर्जामा ब्याजदर बढाएका छन्। बैंकहरूले निक्षेप तथा कर्जाको ब्याज दर बढाएकाले...
“खरायो” म्युजिक भिडियो डिजिटल बजारमा

“खरायो” म्युजिक भिडियो डिजिटल बजारमा

Uncategorized
  महेन्द्र अधिकारी ललितपुर, भाद्र ३० । पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । यसै सन्दर्भमा एस बि इन्टर्टेन्मेन्ट को प्रस्तुतिमा गायक बकुण्ठ न्यौपानेको लोक दोहोरी गीत “खरायो” डिजिटल बजारमा सार्वजनिक भएको छ । “खरायो” बोलको गीतमा आवाज सुमधुर स्वरकी धनी चर्चित गायिका स्मृती गौतम र बैकुन्ठ न्यौपाने को रहेको छ। उक्त गीतमा शब्द चर्चित गायक किरण गौतमको रहेको छ भने संगीत बैकुन्ठ न्यौपानेको रहेको छ । बिस्णु तामाङले एरेन्ज गरेको गीतलाई शङ्खर डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । “खरायो” बोलको गीतलाई ज्योति फिल्मले बजार व्यवस्थापन गरेको छ । गीतमा निर्देशन निरेन श्रेष्ठको ...
एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, भिडियाे, मुख्य समाचार, राजनिती
    ३०भाद्र,काठमाडौ लक्ष्मण श्रेष्ठ काठमाडौको नयाँ बसपार्क स्थित बिजि मल अगाडी एमसीसी विरुद्ध युवाहरू उर्लिएका छन् । उक्त कार्यक्रम हेमराज थापाको टोलिले कार्यक्रम गरेका हुन्। एमसीसी राष्ट्र घाति हो खारेज गर गो ब्याक अमेरिका जस्ता नारा लगाएको छ।यसको साथ साथै देशका प्रधानमन्त्री तथा उच्च नेताहरुलाई एमसिसि पास गरेमा स्विकार्य हुने छैन भन्दै चेतावनि दिएका छन्। नेपालको एमसीसी परियोजना बहसले अन्योलको वातावरण अमेरिकि सहयोग परियोजना एमसिसि विरुद्ध चर्को आवाजका कारण अब यसको समाधान फिर्ता मात्र हुन सक्ने अवस्था देखिदै गएको छ । ...
बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्ने

बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्ने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, भाद्र ३० बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गर्ने भएका छन् । स्थानिय युवा क्लवहरुले एक सुचना प्रकाशित गर्दै असोज २ गते आन्दोलन गर्ने जनाएका छन् । विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १,२ र ३ को साथै धादिङको धुनिवेशि नगरपालिकाको वडा नं १ सिसडोलको फोहोरले प्रभावित भईरहेका छन् । लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यान्वयन नभएको भन्दै स्थानिय ककनी प्रगतिशिल युवा क्लव, जनजागरण युवा क्लव, करुण युवा क्लव र रोयल युथ क्लवले संयुक्त रुपमा बन्चरे डाँडामा आन्दोलन गर्ने भएका छन् । बन्चरे डाँडामा फोहोर सदाकालको लागि बन्द गर्नलाई प्रभावित क्षेत्रका सम्पूर्ण स्थानियलाई उपस्थीत हुन आयोजक क्लवहरुले सुचना मार्फत अनुरोध गरेका छन् ।  ...
कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ को परीक्षा सुरु

शिक्षा, समाचार
काठमाण्डौ,भाद्र ३० कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । विषम परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोधसमेत गरेको छ । यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । भौतिक रुपमै प...