Friday, March 29
Shadow

“खरायो” म्युजिक भिडियो डिजिटल बजारमा


  • -इ
  • इ+

 

महेन्द्र अधिकारी
ललितपुर, भाद्र ३० ।

पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् ।

यसै सन्दर्भमा एस बि इन्टर्टेन्मेन्ट को प्रस्तुतिमा गायक बकुण्ठ न्यौपानेको लोक दोहोरी गीत “खरायो” डिजिटल बजारमा सार्वजनिक भएको छ । “खरायो” बोलको गीतमा आवाज सुमधुर स्वरकी धनी चर्चित गायिका स्मृती गौतम र बैकुन्ठ न्यौपाने को रहेको छ।

उक्त गीतमा शब्द चर्चित गायक किरण गौतमको रहेको छ भने संगीत बैकुन्ठ न्यौपानेको रहेको छ । बिस्णु तामाङले एरेन्ज गरेको गीतलाई शङ्खर डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

“खरायो” बोलको गीतलाई ज्योति फिल्मले बजार व्यवस्थापन गरेको छ । गीतमा निर्देशन निरेन श्रेष्ठको रहेको छ। छायांकन रामकृष्ण चौलागाई रहेको छ भने सम्पादन संगीत बाँनियाले गरेका छन् ।

उक्त गीतमा अर्जुन कुवर पित्री बुढो, प्रकाश तामाङ राज, सुक्र तामाङ ,करुणा पुतुवार ,सोनिका गजमेर ,पुजा , आशिाका लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
“खरायो” बोलको गित बजारमा डि ए आर मुभिजको अपिसियाल युट्युब च्यानल बाट सार्वजनिक भएको छ।

भिडियो हेर्नुहोस्

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares