Saturday, April 27
Shadow

कक्षा १२ को परीक्षा सुरु


  • -इ
  • इ+

काठमाण्डौ,भाद्र ३०

कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । विषम परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ ।

साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोधसमेत गरेको छ ।
यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares