मुख्यमन्त्री भट्ट द्घारा हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सासद श्रीपाईली सम्मानित
०७,असोज २०७८
सूदूरपश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एंव,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी हलिया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्याए वाफत संविधान सभा सदस्य तथा दलित एंव कमैया, हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई सोमबार सम्मान गरिएको छ ।
हलिया मुक्ति आन्दोलनमा बिशिस्ट योगदान पुर्याए वाफत राष्ट्रिय मुक्त हलिया समाज महासंघद्घारा कंचनपुरको पुर्नवासमा आयोजित १३ औँ मुक्त हलिया दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पूर्व सासद एंव हलिया आन्दोलनका अगुवा श्रीपाईलीलाई सम्मान गर्नुभएको हो ।
पूर्व सासद श्रीपाईली दशकौँ देखि हलियाहरुलाई संगठित,सुसूचित,जागरण,सचेतना,दिदै मुक्ति आन्दोलन र पुर्नस्थापना का लागि निरन्तर संघर्षरत राष्ट्रिय अभियन्ता हुन । दलित अधिकारका लागि राष्टिय संजालका केन्द...









