Saturday, April 27
Shadow

घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा


  • -इ
  • इ+

महेन्द्र अधिकारी/असोज ०२, ललितपुर
नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत “बाँसको डोको” सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ ।

प्रस्तुत गीतमा रामशरण आले, केशब श्रेष्ठ र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । सो गीतमा शब्द संगीत नेपालको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा आएका बिकृति र बिशंगतिलाई हामि सम्पूर्ण सचेत नागरिकले पखाल्नु पर्छ भन्ने किसिमका उच्च सोच बोकेर हिड्ने शम्भु का यस भन्दा पहिला प्रस्तुति झैँ यस प्रस्तुतिले पनि सफलता प्राप्त गर्ने कुरामा ढुक्क रहन सकिन्छ । किन कि यस गीतमा प्रयोग भएका सम्पूर्ण संयोजन उत्कृष्ट रहेका छन् ।

बिस्णु तामाङले एरेन्ज गरेको गीतलाई शङ्खर डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् । “बाँसको डोको” बोलको गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग (राज), अनिता बस्नेत मास्टर्नि, केदार न्यौपानेको अभिनय देख्न सकिन्छ । भने छायांकन मरुभूमि नारायण मिश्र र सम्पादन रोशन धितालले गरेका छन् । “बाँसको डोको” बोलको गीतको म्युजिक भिडियोलाई शिबपुरी म्युजिक प्रालि को अपिसियाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares