Sunday, May 24
Shadow

कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ५
कुमारी बैंक लिमिटेडको १३ हजार ८७४ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ ।

कम्पनीको संस्थापक शेयरधनी अन्जन कुमार पौडेलको नाममा रहेको १० हजार ८५७ कित्ता र सुनिल कुमार रेग्मीको नाममा रहेको ३ हजार १७ कित्ता गरी कुल १३ हजार ८७४ कित्ता शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।

कम्पनीले असोज ५ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares