Thursday, April 25
Shadow

Month: August 2021

काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि गाडि चलाउन पाइने

काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि गाडि चलाउन पाइने

आर्थिक, टिप्स, समाचार, स्थानिय तह
०९ भाद्र, काठमाण्डौं काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि सार्वजनिक तथा निजि सवारी साधन संचालन गर्न पाइने भएको छ । यसअघिको राति ८बजेपछि गाडि चलाउन नदिने निर्णयलाई खारेज गर्दै स्थानीय प्रशासनले नयाँ निर्णय गरेको हो । मगंलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकलले यस अघिको निर्णयलाई पुन विचार गर्दै सो निर्णय खारेज गर्ने भएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिएका हुन् । यसै बिच उपत्यकामा निषेधाज्ञाको अवधि थप एक हप्ता लम्ब्याउने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली,भक्तपुरका प्रेमप्रसाद भट्ठराई र ललितपुरका ढुन्डी प्रसाद निरौलाले कोरोना संक्रमण जोखिम कायमै रहेको निष्कषर््ा निकाल्दै भाद्र १६ सम्म निषेधाज्ञाको अवधि थप गरिएको छ ।...
पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

आर्थिक, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०८ भाद्र, काठमाडौ सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पद्धार्थमा भएको मुल्य वृदि फिर्ता गर्न माग गरेका् छ । सोमबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल,डिजेल मटितेल,खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो । नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेश विज्ञप्ति मार्फत मगंलबार मुल्य वृदि फिर्ता गर्न माग गरेका हुन ।कोरोना भाईरसले व्यवसाय तथा रोजगारी गुमेको अवस्थामा उमभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पद्धार्थको मुल्य वृदि हुदा नेविसंघले आपत्ति जनाएको हो । कोभिड १९को महामारीको कठिन परिस्थितिमा सरकारले राहत वितरण गर्नु पर्नेमा कर र विभिन्न पद्धार्थको मुल्य वृद्धि गरेर जनताको चुलो बन्द गर्ने काम गरेको भन्दै नेविसंघले घोर विरोध गरेका छन् ।...
नारी भित्रको संरचना

नारी भित्रको संरचना

ब्यानर समाचार, विचार, समाज, सम्पादकीय
मैले आमा भने देखि नजिकबाट महसुस गरेको पात्र नारी कुनै जात होइन । बा ले वारवार यी नारीको जात भनेर भन्दै गर्दा मलाइ नारी के हो भन्ने नै थाहा थिएन । एउटा छुट्टै प्रकृति, आकार,बानी अनि संरचनालाइ नारी भनिन्छ जस्तो मेरो बाल मस्तिष्कमा कोरि रहने चित्र हो नारी । मैले धेरै चोटि आफ्नु मस्तिष्कलाइ जोड दिँदै चित्रलाइ कोर्ने जमर्को गरेकै हो, तर मेरा भर्खर दुधे बालक मस्तिष्कमा आकृती बन्न नसकेकि नारी बाहिर कुनै फरक संरचना नभए पनि भित्री संरचना फरक रहेछ । मैले आमा भने देखि प्रीयसी सम्म भनेर सम्बोधन गरेको पात्र नारी, त्यो एउटा फगत संरचना मात्र नभएर त्यो महसुस हो रहेछ । समाजले सदैव कमजोर अनि हेलाँको बिचमा राख्न रुचाउने नारी पात्र भित्र ममता रुपि संरचना छ । पुरुष भित्रको अहम्तामा नारी पात्र एउटा कथाको पात्र मात्र हुन। हामी पुरुष प्रधान समाजमा छौँ । मैले पहिलो संगत गरेको पुरुष जातिमा मेरा बा,बा भित्र छुट्ट...
मानुषी लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस

मानुषी लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र ७ मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले सोमबार बिहान आईपिओ बाँडफांड गरेको छ । गोलाप्रथामार्फत् बाँडफाँट भएकोमा कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन्। कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ ल...
आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

टिप्स, मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौँ, भाद्र ४ काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो । आज (शुक्रबार) भोलि (शनिबार) र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ । विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–मह...
अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अन्तर्राष्ट्रिय, टिप्स, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०३ भाद्र,काठमाडौँ नेपाल सरकारले अफगानिस्तानमा अलपत्र नेपालीका लागि त्यहाँ पुगेर आफैं उद्धार गर्नुपर्नेमा उल्टै उनीहरुको फोन कुरेर बसिरहेको छ । अहिलेसम्म अफगानिस्तानमा कति नेपाली अलपत्र परेका छन् र कतिको उद्धार भयो भन्नेमै अन्योल छ । विभिन्न मुलुकले आफ्ना नागरिक उद्धार गर्न थालेको एक साता भइसक्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारी अन्य मुलुकले कति नेपाली उद्धार गरेर ल्याइदिन्छन् भन्दै संख्या गनेर बसेका देखिन्छन् । विदेशी मुलुकका विभिन्न दूतावास र राष्ट्रसंघीय एजेन्सीमा कार्यरत कति जना छन् भन्ने थाहा भए पनि कुन मुलुक र संस्थाले कति नेपालीलाई उद्धार गरेर कहाँ पुर्याए भने प्रस्ट तथ्यांक सरकारले बाहिर ल्याउन सकेको छैन । कामविहीन र साना कम्पनीमा काम गर्ने नेपाली कामदार अफगानिस्तानमा कति छन् भन्नेबारे अहिलेसम्म सरकार अनुमानकै भरमा चलेको छ ।...
डोरमणि पौडेलले दिए संसदीय दलको नेताबाट राजीनामा

डोरमणि पौडेलले दिए संसदीय दलको नेताबाट राजीनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, भाद्र २ बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेतामा प्रस्ताव गरेको पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सांसद अरुण नेपालले जानकारी दिए । ‘मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर आफैँले अष्टलक्ष्मी कमरेडलाई प्रस्ताव गर्नुभएको ब्यहोरा दलको बैठकमा प्रस्तुत गर्नुभयो र त्यो पनि पास भइसकेको छ ।’ नेपालले भने । उनका अनुसार शाक्यलाई आजै साँझ वा भोलि बिहानसम्म मुख्यमन्त्री बनाउनेगरी तयारी अघि बढाइएको छ ।...
एमाले फूट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले समाजवादी

एमाले फूट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले समाजवादी

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, भाद्र २ अन्तत: नेकपा एमाले विभाजित भएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।...
योगेश र सुनीता को “छमक छमक” तीज गित बजारमा सार्बजनिक (भिडियो सहित)

योगेश र सुनीता को “छमक छमक” तीज गित बजारमा सार्बजनिक (भिडियो सहित)

टिप्स, भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, भाद्र ०२ पछिल्लो समय कोरोनाको माहामरीले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकारहरु लाई तिज गीतको तछडमछड भएको छ,लकडाउन खुकुलो भए संगै स्टुडियोमा तिज गीत गाउनी र रेकर्डिङ गराउनी घुईचो समेत लागेको छ ।गीतमा अग्रज कलाकार हरु आदरणीय योगेश प्यान र सुनीता बुढा क्षेत्रीको अवाज रहेको छ । दर्शक श्रोताले गितलाई निकै मन पराएका छन् भने गितको म्युजिक भिडियोलाई महेश महाराले छायांकन एवम् मनोज कार्कीले सम्पादन गरेका छन् भने निर्देशक मौसम हिमालीले गरेका छन् । “छमक छमक” मौलिक तीज गीतमा अग्रज कलाकारहरु धुर्बा हिमाली, करिश्मा ढकाल, कृष्ण ईसा पूर्व, सुस्...
काठमाण्डौंमा अष्ट्राजेनिका खोपको पहिलो डोज दिदै

काठमाण्डौंमा अष्ट्राजेनिका खोपको पहिलो डोज दिदै

Uncategorized, टिप्स, समाचार, स्वास्थ्य
भदौ २, काठमाण्डौ केशब श्रेष्ठ काठमाण्डौ जिल्लामा भदौ १ गतेदेखि ९ वटा लक्षित वर्ग तोकेर महानगरपालिका भित्र ६ वटा अस्पताल र अरु सबै नगरपालिकामा केन्द्र तोकी कोभिड १९ विरुद्धको अष्ट्राजेनिका खोपको पहिलो डोज दिएको स्वस्थ्य कार्यलय काठमाण्डौले जनाएको छ । पहिलो डोज कोभिडशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाइ समेत यो अभियनमा अष्ट्राजेनिका खोप दिइने र जनस्वस्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने कार्यलयले बताएको छ । बेलायतसंगै भारतमा पनि परिक्षण भैरहेको अष्ट्राजेनिका खोप नेपाल सहितका देशका लागि निकै प्रभावकारी हुने र खोपको प्रभावकारिता खोपको मात्रामा रहने बताउदै आइएको छ । एक डोज दिदा मात्रै पनि कोभिड सङ्क्रमण निको हुने दर ६२ प्रतिशत रहेको अष्ट्राजेनिकाले जनाएको छ । यो खोप सबै उमेर समुहका लागि प्रभावकारी रहेको पाइन्छ । खासगरि वृद्धवृद्धामा पनि यसको प्रभाव देखिनुलाइ विज्ञह...