Sunday, May 19
Shadow

Month: March 2021

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए हुनेछ यस्तो सजाय

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए हुनेछ यस्तो सजाय

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , चैत ११ । काठमाडौंमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले बुधवार एक विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो । प्रशासनले मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने स्पष्ट पारेको छ । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।...
आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित

आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु चैत्र ११ । लामो समय देखि नेपालमा मुस्लिम समुदायले बसोबास गरेको लामो इतिहास , रहेको छ । मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति, भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी गणित लगायत का बिषयहरु मा शिक्षा दिदै आएका र अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिने क्षमता भएका मदरसाहरु मध्ये एउटा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ३मा रहेका आयशा गर्ल्स कालेज पनि रहेको छ। आयशा गर्ल्स कालेजका विद्यार्थीहरु लाई धार्मिक सांस्कृतिक शिक्षाको साथ साथै आधुनिक शिक्षा पनि दिई रहेका कुरा कालेजका व्यवस्थापन समितीले बताएको छ। उक्त कालेज (मदरसा ) को अवलोकन गर्नाको लागि नेपाल विद्युत प्राधिकरण बुटवल प्रदेशिक कार्यलयका उप प्रबन्धक भरतमणि पाण्डे नेपाल विद्युत प्राधिकरण तथ...
अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ:  प्रधानमन्त्री ओली

अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ: प्रधानमन्त्री ओली

मुख्य समाचार, समाज
काठमाडौँ, चैत ११ । प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको चार दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने जानकारी दिएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत बताए । ‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’ उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार विकास निर्माणका काममा तीव्र रुपमा लागि परेको जानकारी दिए । उनले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने ...
कोरोनाको खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गर्यो निर्देशन

कोरोनाको खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गर्यो निर्देशन

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, १० चैत । कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्देशन जारी गरेको छ । युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले भिडभाड नगर्न प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विज्ञप्ती जारी गरेर भिडभाड नगर्न आग्रह गरेको हो । ‘युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखियो ।’ विज्ञप्ती लेखिएको छ । ‘ गृह मन्त्रालयको च।नं। २८६७ मिति २०७७/१२/०१ को पत्र तथा स्वास्थ्य मन्त्रालयबाट मिति २०७७/१२/०८ आएको पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाई छ । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ । संक्रमणको सम्भावनालाई मध्यनजर गरी प...
होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिए

होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिए

समाचार
काठमाडौँ, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरे । ‘पछिल्लो केही दिन यता संक्रमणको संख्या बढेको छ । कोरोनाको जोखिम बढेको हुँदा होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं,’ उनले भने ।उनले संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा थप कडाइ गर्ने जानकारी दिए । उनले भने, ‘लकडाउन गर्नु सरकारको उद्देश्य वा चाहना होइन, तर संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थिति अनुसारका नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुप...
पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ :  प्रचण्ड

पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ : प्रचण्ड

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ११ ।”नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन् । “पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ”, अध्यक्ष दाहालले भने । उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मक रुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए । अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्ट...
एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको भन्दै पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको भन्दै पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

मुख्य समाचार
काठमाण्डौँ, चैत्र ११ नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । आज बुधवार कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको प्रति आपत्ति जनाउँदै तालाबन्दी गरिएको हो । सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरेका हुन् । दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको र आफूहरुले सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा एकलौटी रुपमा सिफारिस गरी आफुहरुले दिएको निवेदनको कुनैपनि सुनुवाई नगरिएकाले यसका विरुद्ध तालाबन्दी गर्न बाध्य भएको प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विकले बताए । साथै द...
सिसडोलवासि १३ गतेबाट आन्दोलनमा उत्रने, काठमाण्डौँको फोहोर नुवाकोट छिर्न नदिने चेतावनी

सिसडोलवासि १३ गतेबाट आन्दोलनमा उत्रने, काठमाण्डौँको फोहोर नुवाकोट छिर्न नदिने चेतावनी

जिवनसैली, ब्यानर समाचार, स्थानिय तह
दिपेश न्यौपाने, काठमाण्डौँ, चैत्र ११ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन्न भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। ककनी गाउँपालिका प्रमुख मानबहादुर लामाले समेत काठमाडौ महानगरपालिकाले ककनी गाउँपालिकालाई देखाएको आशा कागजमा समिति गर्ने गरेको बताएका छन्। विगत लामो समय देखि महानगर र मन्त्रालय सम्म ककनी वासीका समस्या लिएर आफू पटकपटक पुगेको उनले हामी सँगको टेलिफोन सम्पर्कमा बताए छन् । ककनी गाउँपालिका पर्यटकीय क्षेत्र भएता पनि सिसडोलकै कारण पर्यटन क्षेत्रमा समेत असर पुगेको उनको भनाइ छ। हामी जनताका उचित समस्या समाधानका लागि जनताकै जनमतबाट जनप्रतिनिधि भएका हौं । सिसडोल र फोहोर ककनी गाउँपालिका लागि समस्या हो, हामीले यस समस्या सँग लड्न सके मात्र जनप्रतिनिधि भएको आभास ...
चाड पर्व बिदा कटौति गर्ने सरकारको कदमको मुस्लिम समुदायका अगुवाहरुद्वारा बिरोध

चाड पर्व बिदा कटौति गर्ने सरकारको कदमको मुस्लिम समुदायका अगुवाहरुद्वारा बिरोध

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु चैत्र ११ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफीको अध्यक्षता बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय का चाड पर्वमा विदा कटौती गरिएकोप्रति बिरोध जनाएको छ। नेपाल सरकारले हाल मै राजपत्रमा गृहमंत्रालयको सूचनानुसार विक्रम संम्बत २०७८ बैशाख १ गते देखि चैत्र मसान्तसम्म देशभरीका विदाको सूचना प्रति घोर विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुायको चाड पर्वहरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदायका चाड पर्व हरुमा सार्वजनिक विदा कटौति गर्ने नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायप्रति सौतेला व्यवहार गरेको भनेर बिरोध जनाएको हो । संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हो । नेपालमा मुस्लिमको राष्ट्रिय रूपमा एउटा पृथक पहिचान का...
स्मार्ट लाइसेन्सको  छपाई कार्य बन्द !

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द !

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र ११ सवारी चालक अनुमति पत्रको छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभाव भएपछी छपाई बन्द भएको हो । ‘स्टक’मा राखिएका स्मार्ट लाईसेन्स सकिएपछी छपाई कार्य बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना माहामारीका कारण स्मार्टकार्डको आयात हुन नसक्दा छपाई कार्य बन्द भएको हो । माहामारीपछि बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु भएको थियो । माहामारीपछि पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । विभागले फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ । ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड ल्याउने र छपाई सुरु गर्ने विभागले जनाएको छ । विभागले छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने योजना बनाएको छ ।...