Wednesday, May 8
Shadow

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द !


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र ११
सवारी चालक अनुमति पत्रको छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभाव भएपछी छपाई बन्द भएको हो ।

‘स्टक’मा राखिएका स्मार्ट लाईसेन्स सकिएपछी छपाई कार्य बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना माहामारीका कारण स्मार्टकार्डको आयात हुन नसक्दा छपाई कार्य बन्द भएको हो । माहामारीपछि बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु भएको थियो । माहामारीपछि पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् ।

विभागले फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ । ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड ल्याउने र छपाई सुरु गर्ने विभागले जनाएको छ । विभागले छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने योजना बनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares