Friday, April 26
Shadow

सिसडोलवासि १३ गतेबाट आन्दोलनमा उत्रने, काठमाण्डौँको फोहोर नुवाकोट छिर्न नदिने चेतावनी


  • -इ
  • इ+

दिपेश न्यौपाने, काठमाण्डौँ, चैत्र ११
नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन्न भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्।

ककनी गाउँपालिका प्रमुख मानबहादुर लामाले समेत काठमाडौ महानगरपालिकाले ककनी गाउँपालिकालाई देखाएको आशा कागजमा समिति गर्ने गरेको बताएका छन्। विगत लामो समय देखि महानगर र मन्त्रालय सम्म ककनी वासीका समस्या लिएर आफू पटकपटक पुगेको उनले हामी सँगको टेलिफोन सम्पर्कमा बताए छन् ।

ककनी गाउँपालिका पर्यटकीय क्षेत्र भएता पनि सिसडोलकै कारण पर्यटन क्षेत्रमा समेत असर पुगेको उनको भनाइ छ। हामी जनताका उचित समस्या समाधानका लागि जनताकै जनमतबाट जनप्रतिनिधि भएका हौं । सिसडोल र फोहोर ककनी गाउँपालिका लागि समस्या हो, हामीले यस समस्या सँग लड्न सके मात्र जनप्रतिनिधि भएको आभास हुनेछ । हामी आम जनताको सहभागीता चरमबद्द आन्दोलन गर्नेछौं लामाले बताए ।

उता उपाध्यक्ष सीता खतिवडाले फोहोर र मानिस एकै ठाउँमा परिकल्पना समेत गर्न नसक्ने बताइन् । विगतमा गरिएको संघर्षमा काठमाडौ महानगरपालिकाले सिसडोल बासिन्दालाई फोहोरको थुप्रोमा नै बस्न बाध्य बनाएकोले हामी पटकपटक आन्दोलनमा उत्रिन बाध्य भएका छौँ ।

ककनी गाउँपालिका वडा न १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले समेत फोहोर ककनीको ठुलो समस्या भएको बताएका छन् । विकासको आशामा हामी फोहोरबाट १६ बर्ष देखि ग्रसित हुन बाध्य छौँ तर नेपाल सरकार भने हामीलाई फोहोर सँग सुरक्षित गर्ने कुनै पक्षमा छैन । दैनिक मेरो वडाबाट फोहोरको हजारौं गाडी गुड्ने गर्छन् , जसको गन्ध सुग्न म र मेरा वडावासी बाध्य छन् ।

ककनी गाउँपालिका वडा नं २ का वडाध्यक्ष केदार पौडेल भन्छन् स् विगत १६ बर्ष देखि यहाँका जनता फोहोर काठमाडौं महानगरको फोहोरबाट ग्रसित हुँदै बस्न बाध्य छन् । हामीले पटकपटक नेपाल सरकार र काठमाडौं महानगरपालिका फोहोरबाट उत्पन्न भएको समस्या समाधानका लागि आग्रह गरेता पनि अटेर गरिरहेको देखिन्छ । साविक ओखरपौवा हुदा नै नेपाल सरकारले शिक्षा ,स्वास्थ्य र यातायात आशा देखाएर सिसडोलमा फोहोर विसर्जन गरेको थियो । हामी जनप्रतिनिधि भएर आए पछि महानगर सँग धेरै पटकपटक छलफल गरिएता पनि फोहोरको समस्या अन्त्य नभइ समस्यामा नै सिमित भएको छ। फोहोरको समस्या नै ककनीमा जटिल समस्या भएकाले यसबाट भोलिका पुस्तालाई समेत असर पुग्ने देखिन्छ । नेपाल सरकारले काठमाडौंमा बसोबास गर्ने जनताको स्वास्थ्यमा ध्यान राख्न सिसडोल मानिस रहीत क्षेत्र जस्तै मान्नु दुखत् भएको पौडेलले बताए । फोहोर वडा नम्बर २ मा विसर्जन गरिएको छ ,जसको असर सबै भन्दा बढी हाम्रो वडालाई नै पर्छ । फोहोरमैलाकै कारण मानव स्वास्थ्यमा ठुलो समस्या हुदा समेत महानगरपालिकाले व्यवस्थापनमा अटेर गर्नु थप समस्या सिर्जना गर्नु हो । सिसडोल बासिन्दाको माग पूरा नगरे सम्म सडकमा बस्नु पर्छ जबकि प्रत्येक समस्या सडकबाट नै अन्त्य हुन्छ ।

ककनी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष घननाथ बजगाईँ फोहोर नुवाकोटमा राख्नु नै ठुलो भुल भएको बताउछन् । आफू महानगर पुग्दा फोहोर सँग सम्बन्धि छलफलबाट कुनै टुङ्गो नै नलाग्ने भएकाले आन्दोलन नै अन्तिम विकल्प रहेको बताउछन् । हाम्रै जमिनमा फोहोर राखेर हामीले नै पटकपटक ढोग्नु पर्ने यस्तो पनि हुन्छ भन्दै फोहोर बन्द गर्ने आम जनता सँग अपिल गर्दै,बजगाईँले भने म सयौं पटक महानगर पुगे होला ,फोहोर व्यवस्थापनका लागि आफ्नो चार्को बोली महानगरलाई पचेन ,साथै सिसडोलमा जनता छन् उनीहरूको पनि बाँच्न पाउने अधिकार छ भन्ने महानगरले नबुझ्नु नै आपत्तिजनक कुरा रहेको बताए , हिजो जनप्रतिनिधिको लागि घरघरमा पुग्यौं अब जनतालागि सयौं दिन सडकमा बस्न पनि हामी तयार छौँ । यस विषयमा पालिकामा पनि पटकपटक छलफल भएको छ । अब हामी राजनीति रूपमा भन्दा पनि सामुहिक रूपमा एक जुट भएर अघि बढ्नु पर्छ जसका लागि नागरिक समाज ,शिक्षक ,बिद्यार्थी ,समाजसेवी ,बुद्धिजीवी ,पत्रकार सबैको सहयोग आशा गरेका छौँ ।

सिसडोल ल्यान्डफिल साईटको प्रत्यक्ष प्रभावित क्षेत्रको शिक्षा संग सम्बन्धित समस्याहरु समाधानार्थ यस अघि काठमाण्डौँ महानगरपालिका तथा फोहोर मैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रको अगुवाईमा शिक्षा मन्त्रालय, नेपाल सरकारका मुख्य सचिव र फोहोरमैला प्रभावित क्षेत्रका विभिन्न संघर्ष समितिहरुसंग भएका सम्झौँँता सहमति अनुरुप एवम् नेपालको संविधानले प्रत्याभुति गरेको माध्यामिक तह सम्मको शिक्षा पूर्ण रुपमा निशुल्क हुने व्यवस्था हालसम्म पूर्णत कार्यान्वयन नभएको र कामनपाले ५२ औँ कार्यपालिकाको निर्णय अनुसार फोहोरमैला प्रभावित क्षेत्र अन्र्तगतका विद्यालयहरुलाई शिक्षक दरबन्दी उपलब्ध गराईदिन गरेको पत्रको समेत कार्यान्वयन नभएको अवस्था रहेको भन्दै मंगलवार आफ्ना जायज मागहरु १० दिन भित्र पुरा नगरे ११ औँ दिन देखि फोहोरमैला ढुवानी बन्द गर्न स्थानिय अनिश शर्मा ढुंगानाको संयोजनमा संघर्ष समिति गठन गरी विभिन्न माग सहितका ५ बुँदे निर्णय गरेका छन् ।

१. फोहोरमैला प्रभावित क्षेत्रको नुवाकोट तर्फ रहेका १६ वटा विद्यालयहरुलाई तहगत, विषयगत, विद्यार्थी संख्याको अनुपात तथा आवश्यकता र औचित्यताको आधारमा आवश्यक शिक्षक दरबन्दी पुरा गर्न दबाब दिने उदेश्यका साथ यहि चैत्र १३ गते देखि फोहोरमैला व्यवस्थापनको कार्य नभए स्थानिय सबै प्लेकार्ड सहित सडकमा उत्रने,
२. सिसडोल साईट पूर्ण रुपमा बन्द गराउने कुरा सम्बन्धित सबै निकायमा गराउने,
३. प्रभावित क्षेत्र अन्र्तगतका १६ वटै विद्यालयले विद्यालय व्यवस्थापनको तत्काल बैठक डाकि आवश्यक निर्णय गरि आआफ्नो विद्यालय क्षेत्रका अभिभावक, शिक्षक र आवश्यक पर्दा विद्यार्थीलाई समेत सडकमा उर्ताने,
४. चैत्र १३ गते देखि सिसडोल साइटमा व्यवस्थापन हुदँै आएको फोहोरमैला पूर्णत अवरुद्ध गर्ने स्थान नुवाकोट र काठमाण्डौँको संगम स्थल ठूलो खोला रहने,
५. फोहोरमैला अवरुद्ध हुँदा उत्पन्न हुने विषम परिस्थीतिको जिम्मा नेपाल सरकार र काठमाण्डौँ महानगरपालिकाको हुने ,फोहोमैला प्रभावित क्षेत्रका स्थानियले पटक पटक आफ्ना जायज माग राख्दैँ विभिन्न किसिमका आन्देलन तथा दबाबमुलक कार्यक्रमहरु गर्दा पनि सरकार र कामनपाले त्यस किसिमका समस्याहरु सम्कोधन गर्ने गरेको छैन् । समयमा नै सम्झौँता भए अनुसारको माग पुरा गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ । ताकि सोहि कुराले निकट समयमा नै ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares