Friday, March 29
Shadow

एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको भन्दै पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी


  • -इ
  • इ+


काठमाण्डौँ, चैत्र ११
नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । आज बुधवार कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको प्रति आपत्ति जनाउँदै तालाबन्दी गरिएको हो ।

सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरेका हुन् ।

दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको र आफूहरुले सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा एकलौटी रुपमा सिफारिस गरी आफुहरुले दिएको निवेदनको कुनैपनि सुनुवाई नगरिएकाले यसका विरुद्ध तालाबन्दी गर्न बाध्य भएको प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विकले बताए ।

साथै दुवै संगठनले आफुहरुले दिएको निवेदन उपर सुनुवाई नगरे पत्रकार महासंघको तीनै तहको निर्वाचनमा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares