Friday, May 22
Shadow

Month: December 2020

यसपालिको मिस नेपाल प्रतियोगितामा के नयाँ देख्न पाइनेछ ?

यसपालिको मिस नेपाल प्रतियोगितामा के नयाँ देख्न पाइनेछ ?

जिवनसैली, समाचार, समाज
  काठमाडौ,१९ मंसिर । मिस नेपाल २०२० प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ यही मङ्सिर २० गते शनिवार आयोजना हुनेछ ।‘कोभिड – १९’ का कारण स्थगित प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा यही शनिवार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने भएको हो । प्रतियोगितामा काठमाडौंसहित देशका ९ मुख्य शहरहरुमा गरिएको अडिसनबाट छानिएका २१ सहभागीहरुबीच प्रतिस्पर्धा हुुने छ । उनीहरुलाई ३ हप्तासम्म भर्चुअल तालिम दिइनुका साथै १५ दिनको कडा आवाशीय प्रशिक्षणमा राखिएको थियो । कहिले निर्णायकको अभिव्यक्ति त कहिले निर्णयमा भएको धाँधलीका कारण विवादमा मुछिरहने मिस नेपाल प्रतियोगितामा यसपटक केही नयाँ अभ्यास पनि गरिएको छ । आयोजकका अनुुसार यसपालि प्रतियोगितामा ‘मिस टुरिजम’ र ‘वुमन इन सस्टेन्स’ नामक दई उपाधि थपिएका छन् । पर्यटन बोर्डसँगको सहकार्यमा मिस टुरिजम उपाधि थपिएको हो । दुुवै उपाधिले शारीरिक सुन्दरता र ...
आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आर्थिक, टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १९ आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयाेगमा शुल्क लिन पाउनेछन् ।...
पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

अपराध, समाचार, समाज, स्थानिय तह
  काठमाडौ,१९ मंसिर पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ । सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखालगायतले भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए । यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गरेका थिए ।...
कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

मुख्य समाचार, राजनिती, समाचार, सुचना प्रविधि, स्थानिय तह
  काठमाडौ,१९ मंसिर प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत र उनको संचार सचिवालयको फेसबुक पेजमाथि ह्याकरले नियन्त्रण जमाइदिएको छ । शुक्रबार (आज) उनको फेसवुक पेज र सचिवालयको पेज ह्याक गरी चिनिया जस्तो देखिने एक युवतीको प्रोफाइल पिक्चर राखिएको छ भने चिनिया भाषामा नाम राखिएको छ । प्रदेश १ कै धरान लाकेसनमबाट ह्याक भएको देखिएपनि कसले र कुन प्रयोजनका लागि गर्यो भन्ने खुल्न नसकेको उनको सचिवालयले जनाएको छ । सरकारी साइटहरु ह्याक भइरहेको बेला मुख्यमन्त्रीको समेत पेज ह्याक भएपछि सरकारी साइवसर सुरक्षामा प्रश्न उठेको छ । मुख्यमन्त्री राउतले ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालयले ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज चलाउँदै आएको थियो । मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको जानकारी दिएका छन् ।...
२५ आवश्यक सेवामा हड्ताल गर्न निषेध, अवज्ञा गरे ६ देखि १ वर्षसम्म कैद र जरिवाना

२५ आवश्यक सेवामा हड्ताल गर्न निषेध, अवज्ञा गरे ६ देखि १ वर्षसम्म कैद र जरिवाना

टिप्स, ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, मंसिर १९ सरकारले २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । हालसम्म १८ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको थियो । हाल सार्वजनिक गरेको सूचीमा १८ अत्यावश्यकसहित थप ७ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको हो । सरकारले राजपत्रमा आवश्यक सेवामा निषेध गरेको उल्लेख गर्दैै सूचना सार्वजनिक गरेको छ । सरकारको आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको जनाएको छ । गृह मन्त्रालयले अत्यावश्यक सेवाको स्थानमा आवश्यक सेवा उल्लेख गर्दै सबै किसिमको हड्ताल गर्न निषेध गरेको जनाएको छ । राजपत्रमा उल्लेख भएअनुसार नयाँ थपिएको आवश्यक सेवामा मौसम, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजर, भेटेरिनरी सेवा रहेका छन् । त्यस्तै, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट...
मह शुद्ध कि अशुद्ध ?  घरेलू तरिकाले पहिचान गर्नुहोस्

मह शुद्ध कि अशुद्ध ? घरेलू तरिकाले पहिचान गर्नुहोस्

जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
मह खानुका विभिन्न फाइदा छन् । यसै कारण मानिसहरुले यसलाई आफ्नो खानामा कसैगरी समावेश गर्ने कोसिस गर्छन् । तर सबै महले स्वास्थ्यमा फाइदा पुर्याउँछ भन्ने छैन । आजकाल बजारमा अर्गानिक र शुद्ध महको नाममा नक्कली र मिसावट भएको मह छ्यापछ्याप्ती पाइन्छ । यदि तपाईं मह खानुहुन्छ भने यहाँ बताइए अनुसार गरेर मह शुद्ध हो कि अशुद्ध भनेर पत्ता लगाउन सक्नुहुन्छ । महको पहिचान गर्ने सबैभन्दा राम्रो र सहज तरिका तातो पानी हो । यसका लागि काँचको गिलास वा कचौरामा तातो पानी लिनुहोस् । यसमा एक चम्चा मह मिसाउनुहोस् । यदि यो पानीमा बिलिन हुन्छ भने बुझ्नुहोस् कि महमा मिसावट छ । र यदि यो मोटो तार जस्तो बनेर भाँडाको मुनी बसिरहन्छ भने यो सक्कली हो भनेर बुझ्नुहोस् ।  ।...
बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्ने

बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्ने

जिवनसैली, समाज
काठमाडौ,मंसिर १८ पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ । मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ । शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना (चैतबाहेक) विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए । यस वर्ष माघ महिनामा किन जुरेन त लगन ? सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र श...
अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर १९ अनुहार चम्किलो बनाउनका लागि मानिसहरू निकै प्रयास गरिरहेका हुन्छन्। कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन् -अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुपर्दछ । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म पखाल्नु हुँदैन । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ । -मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाउन पनि सकिन्छ । यसरी लगाएको पेस्ट केही समयपछि सफा गर्दा अनुहारमा चमक देखिन थाल्छ । -कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्दछ ।...
“मायाको बस्ती” बोलको गीत सार्वजनिक

“मायाको बस्ती” बोलको गीत सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर १९ “मायाको बस्ती” बोलको मौलिक सालैजो गीत बजारमा सार्वजनिक भएको छ । लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीले आवाज दिएका अर्को उत्कृष्ट गीत “मायाको बस्ती” डिजिटल बजारमा सार्वजनिक भएको छ । यो गित माया प्रेमलाई विषय बनाइएको सो मौलिक सालैजो गीतमा गायक विष्णु खत्रीलाई आवाजमा सरिता श्रीस मगरले साथ दिएकी छन् । खेमन शर्मा को लय तथा शब्द सिर्जना रहेको छ । होम गुरुङले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सविन गुरुङ,सरिता धनकुटी र सगुन खत्रको अभिनय रहेको छ ।“मायाको बस्ती” को म्युजिक भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=gJ1PcXq4tWg&feature=share&fbclid=IwAR2nzJ8U8TlId_d2jq8T40fm9q4eVez36QSqQEcXM5ZzrTu_Q5F9p7vGX1A...
हार स्विकार्न तयार ट्रम्प

हार स्विकार्न तयार ट्रम्प

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
वासिंगटन अमेरिकी राष्ट्रपति चुनावको करिब एक महिना पछि अन्तत मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो हार स्विकार गर्ने संकेत दिएका छन् । यसका लागि उनले एक सर्त पनि राखेका छन् । ट्रम्पले यदि चुनाव नतिजा सटिक आउँछ भने आफु हार स्वीकार्न तयार रहेको बताए । तर उनले फेरी एक पटक राष्ट्रपति चुनावको मतगणनामा ब्यापक स्तरमा धाँधली भएको र चुनावी गलत अभ्यास भएको आरोप दोहोर्याए । नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्र्याटिक पार्टीका नेता जोय बाइडेनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराएको हो । ट्रम्पले यो हारलाई अस्किार गर्दै चुनाव नतिजा विरुद्ध कानुनी चुनौदी दिएको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा आफना समर्थकहरुसँग चुनावमा हारलाई नराम्रो नठानेको बताए । म निष्पक्ष तथा स्वतन्त्र रुपमा भएको चुनावमा हुने हारलाई स्विकार गर्छु । अमेरिकी जनतासँग धोका नहोस भन्ने आफुले चाहेको बता...