Thursday, April 25
Shadow

हार स्विकार्न तयार ट्रम्प


  • -इ
  • इ+


वासिंगटन
अमेरिकी राष्ट्रपति चुनावको करिब एक महिना पछि अन्तत मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो हार स्विकार गर्ने संकेत दिएका छन् । यसका लागि उनले एक सर्त पनि राखेका छन् । ट्रम्पले यदि चुनाव नतिजा सटिक आउँछ भने आफु हार स्वीकार्न तयार रहेको बताए । तर उनले फेरी एक पटक राष्ट्रपति चुनावको मतगणनामा ब्यापक स्तरमा धाँधली भएको र चुनावी गलत अभ्यास भएको आरोप दोहोर्याए ।

नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्र्याटिक पार्टीका नेता जोय बाइडेनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराएको हो । ट्रम्पले यो हारलाई अस्किार गर्दै चुनाव नतिजा विरुद्ध कानुनी चुनौदी दिएको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा आफना समर्थकहरुसँग चुनावमा हारलाई नराम्रो नठानेको बताए । म निष्पक्ष तथा स्वतन्त्र रुपमा भएको चुनावमा हुने हारलाई स्विकार गर्छु ।

अमेरिकी जनतासँग धोका नहोस भन्ने आफुले चाहेको बताउँदै चुनाव नतिजा सटिक हो भने हार स्विकार्न तयार भएको उनले बताए । बाइडेनले पनि त्यसतै चाहेको हुनुपर्ने आफुले अपेक्षा गरेको उनले थपे । (एजेन्सी)

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares