Friday, March 29
Shadow

अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय


  • -इ
  • इ+

काठमाडौ,मंसिर १९

अनुहार चम्किलो बनाउनका लागि मानिसहरू निकै प्रयास गरिरहेका हुन्छन्। कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन्

-अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुपर्दछ । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म पखाल्नु हुँदैन । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ ।

-मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाउन पनि सकिन्छ । यसरी लगाएको पेस्ट केही समयपछि सफा गर्दा अनुहारमा चमक देखिन थाल्छ ।

-कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्दछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares