Thursday, March 28
Shadow

यसपालिको मिस नेपाल प्रतियोगितामा के नयाँ देख्न पाइनेछ ?


  • -इ
  • इ+

 

काठमाडौ,१९ मंसिर ।

मिस नेपाल २०२० प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ यही मङ्सिर २० गते शनिवार आयोजना हुनेछ ।‘कोभिड – १९’ का कारण स्थगित प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा यही शनिवार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने भएको हो ।

प्रतियोगितामा काठमाडौंसहित देशका ९ मुख्य शहरहरुमा गरिएको अडिसनबाट छानिएका २१ सहभागीहरुबीच प्रतिस्पर्धा हुुने छ । उनीहरुलाई ३ हप्तासम्म भर्चुअल तालिम दिइनुका साथै १५ दिनको कडा आवाशीय प्रशिक्षणमा राखिएको थियो ।

कहिले निर्णायकको अभिव्यक्ति त कहिले निर्णयमा भएको धाँधलीका कारण विवादमा मुछिरहने मिस नेपाल प्रतियोगितामा यसपटक केही नयाँ अभ्यास पनि गरिएको छ । आयोजकका अनुुसार यसपालि प्रतियोगितामा ‘मिस टुरिजम’ र ‘वुमन इन सस्टेन्स’ नामक दई उपाधि थपिएका छन् । पर्यटन बोर्डसँगको सहकार्यमा मिस टुरिजम उपाधि थपिएको हो । दुुवै उपाधिले शारीरिक सुन्दरता र आवरणलाई भन्दा पनि बौद्धिकता र प्रतिभालाई महत्व दिएको आयोजकहरुको भनाइ छ ।

यसपटक मिस नेपाल प्रतियोगिता दर्शकबिना नै हुने भएको छ । आयोजक ‘दि हिडन ट्रेजर’ले दिएको जानकारी अनुसार मिस नेपालको २६ औं संस्करणको दर्शक विना नै हुने भएको हो । ११ जना निर्णयक, २० जना प्रतिस्पर्धीबाहेक सीमित प्राविधिक र सहयोगी मात्र कार्यक्रम स्थलमा रहनेछन् । तर ग्रान्ड फिनाले शनिबार परेको र अधिकांशको छुट्टी हुने भएकोले सबैले टेलिभिजनहरुबाट हुने लाईभ हेर्न सक्नेछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares