Friday, May 22
Shadow

Month: December 2020

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय

खेलकुद, टिप्स, स्वास्थ्य
    काठमाडौ,मंसिर १९ जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् । १. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ । २. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ । ३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् । ४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ । ५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पन...
टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य

टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौ,मंसिर १९ भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ। अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको हो। भारतका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४, सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए। बलिङतर्फ अष्ट्रेलियाका मोइज हेनरीक्वीजले तीन, मिचेल स्टार्कले दुई, मिचेल स्वेप्सन र आदम जम्पाले एक–एक विकेट लिए। ...
आज १२७२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५४४७

आज १२७२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५४४७

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १९ पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ। आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ।...
चार जना महिलालाई कुवेत पुर्‍याएर बेच्न खोज्ने एक युवा नयाँ बसपार्कबाट पक्राउ

चार जना महिलालाई कुवेत पुर्‍याएर बेच्न खोज्ने एक युवा नयाँ बसपार्कबाट पक्राउ

अपराध, जिवनसैली, समाज
  काठमाडौ,मंसिर १९ चार जना महिलालाई गैरकानूनी रूपमा कुवेत पुर्‍याएर बेचविखन गर्न खोजेको आरोपमा एक जना पक्राउ गरेका छन्। मोरङ कटहरी गाउँपालिका-९, स्थायी ठेगाना भएका २९ वर्षीय राज भन्ने राजेशकुमार चौधरीलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट १६ मंसीरमा पक्राउ गरेको हो। वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा नेपालगञ्जको रुपैडिहा नाका भएर भारतको दिल्ली पुर्‍याई १५ दिनसम्म बन्धक बनाएको पीडितको उजुरी छ। भारतबाट श्रीलंका हुँदै खाडी कुवेत पुर्‍याई बेचबिखन गर्ने उदेश्यले दिल्ली लगिएको पीडितहरूले बताएका छन्। चौधरीले भारतमा बन्धक बनाएर शारीरिक र मानसिक शोषण गरेको समेत उनीहरूले बताएका छन्। कोठामा कोही नभएको मौका पारी पीडित महिलाहरू भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यहाँबाट शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा आफन्तहरूको सम्पर्कमा आएका उनीहरू नेपाल फर्केप...
राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो, नेपालले गर्यो पक्षमा मतदान

राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो, नेपालले गर्यो पक्षमा मतदान

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १९ संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदा नेपालले पनि पक्षमा मतदान गरेको छ । हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने विषयमा भएको मतदानमा नेपालले पक्षमा मत दिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लगातारको सुझावपछि राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाएको हो । गत बुधबार भएको मतदानमा सहभागी भएका यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ देशले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका हुन् भने २५ मुलुकले हटाउन नहुने भन्दै विपक्षमा मतदान गरेका छन् । हटाउने पक्षमा नेपालसहित भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायतका मुलुकले मतदान गरेका थिए । यसको विपक्षमा भने चीन, अफगानिस्तान, पाकिस्तान, जापान, ब्राजिल, इराक, लिबिया, रुस, क्युबा,...
कोरोना कहर : खोप ल्याउन सरकार तयारी अवस्थामा, काममा लागे कर्मचारी

कोरोना कहर : खोप ल्याउन सरकार तयारी अवस्थामा, काममा लागे कर्मचारी

ब्यानर समाचार 2, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौ,१९मंसिर विश्वमा खोप उत्पादनको चर्चा जति धेरै छ । त्यतिनै नेपाल सरकारले समेत खोप आएसँगै कसरी भण्डारण गर्ने, कसकसलाई लगाउने र कसरी लगाउने भन्ने बारेमा तयारी थालेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा नेपाल सरकारले सम्बन्धित मन्त्रालय मार्फत कर्मचारी खटाइसकेको छ । अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले विगतदेखिनै समानुपातिक वितरणमा ध्यान दिएको छ । कोभ्याक्स (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) सबैले नेपालजस्ता गरिब देशहरुमा समेत कोरोना भाइरसको खोपको सफल परीक्षण भएसँगै कसरी वितरण गर्ने भन्ने बारेमा चासो दिएको छ । कोभ्याक्सले अहिलेसम्म कुनै पनि खोप लगाउने बारेमा अनुमति दिएको छैन । कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपालले समानुपातिक रुपमा ...
खाना खराब भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती

खाना खराब भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाज
  काठमाडौ,१९मंसिर छिमेकी देश भारतमा दिनहुँ अनेक खालका घटना भइरहेका हुन्छन् । दुई दिनअघि मात्रै यस्तै अचम्मित पार्ने खालको घटना भएको छ । खानाको विषयमा विवाद हुँदा दुलही नै नदिएर जन्ती घर फर्किएको  घटना अहिले सामाजिक सञ्जालदेखि भारतीय सञ्चारमाध्यममा भाइरल भइरहेको छ । युपीको अलिगढमा विवाहमा खराब खानाको विषयलाई लिएर दुलाह र दुलहीको भाइबीचमा घमासान झगडा भएको छ । उक्त घटना प्रहरीसम्म पुगेको छ । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुवै पक्ष तयार भएनन् । अन्ततः बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैयाँ तिरेर जन्ती फिर्ता लिए । उक्त क्षेत्रमा यो घटना निकै चर्चामा रह्यो । यो घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको हो ।...
कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने

कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने

जिवनसैली, समाचार, स्वास्थ्य
  १९ मंसिर, काठमाडौं  राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ । २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाउनु पर्ने अर्याल बताउँछन् । विद्यार्थीहरूले २६ मंसिरभित्र सम्बन्धित विद्यालयमा पोजेटीभ रिर्पोट सहित आफ्नो विवरण बुझाउनु पर्नेछ । विद्यालयले मंसिर मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्नेछ । बोर्डले ९–१६ मंसिरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।...
सुनको भाउ प्रतितोला ३ सय बढ्यो

सुनको भाउ प्रतितोला ३ सय बढ्यो

आर्थिक, समाचार
  काठमाडौ,१९मंसिर शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको थियो ।...
कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ : प्रधानमन्त्री ओली

कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन्। कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।’ खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा भइरहेको पहलकदमीको हामी सराहना गर्दछौं ।’ उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए ।...