Saturday, April 27
Shadow

कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?


  • -इ
  • इ+

 

काठमाडौ,१९ मंसिर

प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत र उनको संचार सचिवालयको फेसबुक पेजमाथि ह्याकरले नियन्त्रण जमाइदिएको छ ।

शुक्रबार (आज) उनको फेसवुक पेज र सचिवालयको पेज ह्याक गरी चिनिया जस्तो देखिने एक युवतीको प्रोफाइल पिक्चर राखिएको छ भने चिनिया भाषामा नाम राखिएको छ । प्रदेश १ कै धरान लाकेसनमबाट ह्याक भएको देखिएपनि कसले र कुन प्रयोजनका लागि गर्यो भन्ने खुल्न नसकेको उनको सचिवालयले जनाएको छ । सरकारी साइटहरु ह्याक भइरहेको बेला मुख्यमन्त्रीको समेत पेज ह्याक भएपछि सरकारी साइवसर सुरक्षामा प्रश्न उठेको छ ।

मुख्यमन्त्री राउतले ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालयले ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज चलाउँदै आएको थियो । मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको जानकारी दिएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares