महेन्द्र अधिकारी/ललितपुर,मंसिर १९
“मायाको बस्ती” बोलको मौलिक सालैजो गीत बजारमा सार्वजनिक भएको छ । लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीले आवाज दिएका अर्को उत्कृष्ट गीत “मायाको बस्ती” डिजिटल बजारमा सार्वजनिक भएको छ ।
यो गित माया प्रेमलाई विषय बनाइएको सो मौलिक सालैजो गीतमा गायक विष्णु खत्रीलाई आवाजमा सरिता श्रीस मगरले साथ दिएकी छन् ।
खेमन शर्मा को लय तथा शब्द सिर्जना रहेको छ । होम गुरुङले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सविन गुरुङ,सरिता धनकुटी र सगुन खत्रको अभिनय रहेको छ ।“मायाको बस्ती” को म्युजिक भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।