बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे : जनास्वथ्यवीद समिर
काठमाण्डौँ, पुष ८
बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे:बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ। यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ।
हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० ५ बढी देखिएको बेलायती वैज्ञानिकहरुले बताएका छन्। यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने बिषय अध्ययन गर्न बाँकी छ।
म्युटेसन भएर आएको यो प्रजातिको स्पाइक प्रोटिन जसले भाइरसलाई हाम्रा कोषभित्र पुर्याउने काम गर्छ, पहिलेको भन्दा फरक भएको जनाइएको छ। यो फरक प्रजातिमा हाल बिकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको छ।
कोरोना भाइरस यसरी म्युटेसन हुँदै जाने हो भने फ्लुको जस्तै खोपलाई संसोधन गर्दै प्रत्येक बर्ष लगाइरहनु पर्ने हुनसक्छ। त्यस्तै नयाँ प्रजा...









