Saturday, May 18
Shadow

Month: December 2020

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

ब्यानर समाचार, समाचार
काठमाडौँ , पुस १६ । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ । बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै पुस १६ गतेका लागि तोकिएको पेसीमाथि आज सुनुवाइ हुन लागेको हो । गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधवार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी बिहीवारका लागि तोकिएको छ । संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरिएकाले अधिवक्ताहरू त्रिपाठी, ओली र केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । प्रतिनिधिसभा विघटनपछि कामचलाउ भइसकेको सरकारले संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेको रिटमा उल्लेख थियो । कोरो...
निर्मला प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको सरकारले गर्यो पुनर्बहाली

निर्मला प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको सरकारले गर्यो पुनर्बहाली

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । सरकारले निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अनुसन्धानमा गडबडी गरेको आरोपमा बर्खास्त एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय लिएको हो । कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याकाण्डपछि विष्ट बर्खास्त भएका थिए । प्रहरी प्रधान कार्यालयको पत्रअनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो । बर्खास्त भएका विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्बहाली माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै दुवैलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्ट...
टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।...
नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

ब्यानर समाचार, राजनिती
  काठमाडौं, पुस १६ । नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा आली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दल विभाजनको लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आ–आफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन् तर कसैले पनि विभाजनको भारी बोक्न चाहेका छैनन् । दलसम्बन्धी ऐन २०७३ ले तोकेको दल विभाजन वा दल मान्यतासम्बन्धी कानुनी प्रक्रियामा कुनै पक्षले पनि प्रवेश नगर्दा निर्वाचन आयोगलाई समेत नेकपा विवादमा हात हाल्न समस्या भएको छ । ऐनका दफा ३३ ९२० अनुसार दल विभाजनका लागि केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलसहित दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको साथ चाहिन्छ । यतिबेला प्रतिनिधिसभा विघटित रहेकाले ऐनको उक्त दफाअनुसार पार्टी विभाजन गर्न समस्या छ । ऐनले दफा ४३ देखि ४६ मा दलको मान्यतासम्बन्धी विवाद निरुपणको व्यवस्था गरेको छ । नेकपामा यतिबेला नाम, छाप, झण्डा र...
प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, पुस १६ । यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्। यमनको एउटा समाचार वेबसाइट अल-मस्दरलाई उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाएका छन्। बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन...
विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड ३० लाख ३० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख १० हजार ६१० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ३९५को मृत्यु भएको हो । अहिलेसम्म ५ करोड ८८ लाख ४५ हजार ६४३ जना कोरोना मुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५० हजार ४२९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २ लाख २ ह...
हेर्नुस् तीन दिनको मौसम पूर्वानुमान, कुन ठाउँको कस्तो ?

हेर्नुस् तीन दिनको मौसम पूर्वानुमान, कुन ठाउँको कस्तो ?

ब्यानर समाचार, मौसम, समाज
  काठमाडौं , पुस १६ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १६ गते (बिहीबार) दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पौष १७ गते (शुक्रबार) दिउँसो : प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि स...
काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १५ । घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व÷पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो । मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो । घोडाघोडी यातायात प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको चाहनालाई ध्यानमा राखेर काठमाडौँदेखि पोखरा, बागलुङ हुँदै रुकुमपूर्व बस सञ्चालन गर्न लागेको जानकारी दिए । बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्ने छन् । घोडाघोडी यातायात प्रालिमा हाल ३० बस सञ्चालनमा रहेका छन् । उक्त प्रालिका बस पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्दछन् ।...
कोरोनाकै कारण २ लाख नेपाली स्वदेश फर्किए , तत्काल १० लाखलाई रोजगारी आवश्यक

कोरोनाकै कारण २ लाख नेपाली स्वदेश फर्किए , तत्काल १० लाखलाई रोजगारी आवश्यक

मुख्य समाचार, समाज, सम्पादकीय
काठमाडौं , पुस १५ । विश्‍वव्यापी कोरोना भाइरसको कारण झन्डै २ लाख श्रमिक वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् । कोरोनाका कारण देशैभित्र सबैभन्दा बढीले रोजगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले अहिलेको अवस्थामा १७ लाख नेपाली बेरोजगार भएकाले तत्काल १० लाखलाई व्यवस्थापन गर्नुपर्ने देखिएको जनाएको छ । कोरोनाको कारण विदेशमा तीन लाखले रोजगारी गुमाएका छन् भने देशभित्र नौ लाखको रोजगारी गुमेको छ । विदेशमा भएका ३२ लाखमध्ये ६ लाख नेपाली अहिले फर्कने तयारीमा छन् । त्यसमध्ये चार लाख नेपाली कोभिडकै कारण तत्काल फर्कनुपर्ने अवस्थामा छन् । नेपाली श्रम बजारमा वार्षिक पाँच लाख युवा भित्रिने राष्ट्रिय योजना आयोगलको तथ्यांक छ । आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीमा कोरोनाले पारेको प्रभावसम्बन्धी अध्ययन गरेको थियो । ११२ देशमा रहेका नेपालीमा गरेको अध्ययनअनुसार ३५ लाख नेपाली विदेशमा छ...
सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन, नेम्बाङ र पौडेल पुगे अस्पताल

सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन, नेम्बाङ र पौडेल पुगे अस्पताल

ब्यानर समाचार, समाज
काठमाडौं , पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ । सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो । यसैबीच प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् । सीताको स्वास्थ्य केही वर्षयता खस्क...