Friday, March 29
Shadow

गीतकार रामकृष्ण महराको शब्दमा “ भट्टीवाली ” बोलको गितले चर्चा बटुल्दै (भिडियो सहित)


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर, पुष १६
“ भट्टीवाली ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रताप दासको स्वर र जगत तिरुवा को र्याप समेत समावेश छ । गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन छ ।

डान्सिङ शैलीको यो गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेत को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन छ। यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । “ भट्टीवाली ” गीतको भिडियोलाई ओ एस आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares