Saturday, May 23
Shadow

Month: November 2020

आज देशभर १७०३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १७२३७

आज देशभर १७०३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १७२३७

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १२ पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ। आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ३५ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।...
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको २ अधिवेशन गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको २ अधिवेशन गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १२ राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन कृष्णप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । लाखौं कलाकारहरुको छाता संगठनको रुपमा परिचित राष्ट्रीय संगितकर्मी संघ नेपालको गण्डकी प्रदेश कार्यसमितीको दोश्रो अधिवेशन चर्चित कलाकार, चलचित्र निर्माता तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रीय महासचिव बिक्रमजंग शाहको प्रमुख आतिथ्तामा शनिबार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि शाहले कलाकारहरुको हकहितका लागि राष्ट्रिय संगितकर्मी संघ स्थापना गरिएको बताउँदै सम्पुर्ण कलाकारहरु एकजुट हुन जरुरी रहेको बताएका छन् । अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शाहले अझै पनि समाजलाई मनोरन्जन मार्फत समाजका विकृति विसंगति केलाई देश विकासमा योगदान पुराउने कलाकारहरुलाई राज्यले कदर नगरेको बताए । कलाक...
गुल्मीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

दुर्घटना, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर १२ गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल गुल्मीमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् । घाइते भएकी २८ वर्षीया सरस्वती दर्लामीको उपच...
लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज

लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज

मनोरञ्जन, साहित्य/कला
आफ्नो काम गर्दै,पौरख पगाल्न के को लाज खानु छ दुध दहि घ्यु भैसि, पाल्न केको लाज मिसावट सबै कसरी पुग्नु काम गर्नेको कमिले खन्दैछु बाँझो हिम्मत छ निकाल्न के को लाज। गर्दिन सक्दिन हैन, गर्छौ गरौ भन्ने बानी बसाले रोग हुन्नआत्मबलको कदम चाल्न के को लाज। परदेशी आउ पाखुरी,,बजारी गरौ यहि माटोमा बालौला परेमा दाउरा र टुकि बाल्न के को लाज। बेइज्जत गराए इज्जतको कुरा यो नयाँ जमनामा म त भन्छु वस्तु पालौ,गोबर फाल्न के को लाज। सगैॅ बसौ दुइदिने जीवनमा तिमी परदेश के खुशी लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज। कमला गौतम काठमांडौँ ...
नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ११ नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरले पाएका छन् । प्रहरी प्रधान कार्यालयले कुवँरलाई प्रवक्ता तोकिएको जानकारी गराएको हो । यसअघि प्रहरी प्रवक्ता कुवेर कठायत थिए । प्रवक्ता कुवरलाई ९८५१२९२१११० मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
महासंघको साधारण सभा शुरू,  प्रधानमन्त्री ओलीले ‘स्विच’ थिचेर गरे उद्घाटन

महासंघको साधारण सभा शुरू, प्रधानमन्त्री ओलीले ‘स्विच’ थिचेर गरे उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ११ उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यम (जूम) मार्फत बालुवाटारबाट महासंघको साधारणसभा उद्घाटन गरेका छन्। उनले स्वीच थिचेर महासंघको साधारण सभा उद्घाटन गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् । प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आकांक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए । जसका कारण २ जना निर्विरोध निर्वाचित भइसकेका छन् । जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट स...
देविघाट जाल्पा क्लबद्धारा जालपा देवि मन्दिर परिसर सरसफाई

देविघाट जाल्पा क्लबद्धारा जालपा देवि मन्दिर परिसर सरसफाई

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर ११ हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा नुवाकोटको देविघाट स्थीत जालपादेवि मन्दिरमा हरेक वर्ष मेला लाग्ने गरेको छ । सोहि मेला सम्पन्न भए संगै मन्दिर परिसरमा भएका फोहोर स्थानिय देविघाट जाल्पा क्लबको नेतृत्वमा सरसफाई गरिएको छ । नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, रावतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनहरुको बाक्लो उपस्थीति रहने गरेको छ । भक्तजनको उपस्थीतिले पुजाँ सामाग्री लगाएत अन्य बस्तुहरु मन्दिर वरपर फ्याकिदाँ उत्पन्न भएको फोहोरले मन्दिरको सौन्र्दयतालाई असर पर्ने हुदाँ तत्काल सरसफाई गरिएको देविघाट जाल्पा क्लबले जनाएको छ । सरसफाईमा प्रहरी, स्थानिय लगाएतको उपस्थीति रहेको थियो । ...

ESports Betting

Uncategorized
Of 1st, the game of golf, a person on the a large number of widely used sports found in the overseas society, may be a coordinate in which gets the actual punters from the majority within the country. And so the a good many bookmakers was exclusively allowed to take bets via individuals at the keep track of until the actual 1990's. (more…)
चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर १० नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्ना एजेण्डाहरुलाई समेटेर २५ बुँदामा सो भिजन सार्वजनिक गरेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतहः अध्यक्ष हुने प्रावधान रहेकोले यस पटक ढकाल आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर नेपाल उद्योग वाणिज्य महासंघमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका कार्यहरुलाई सो मस्यौदामा राखिएको छ । यसलाई महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरु...
लोक दोहोरी  गायक राजेन्द्र भण्डारीको निर्देशनमा “ कल्पना ” भिडियो सार्बजनिक

लोक दोहोरी गायक राजेन्द्र भण्डारीको निर्देशनमा “ कल्पना ” भिडियो सार्बजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १० पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका कल्पना दाहाल को “ कल्पना ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ कल्पना ” बोलको गितमा राजेन्द्र भण्डारी र कल्पना दाहाल को स्वर रहेको छ । यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई ऐरेन्ज कृष्ण पुन ले गरेका छन् । “ कल्पना ” बोलको गीतमा सुरेश श्रेष्ठ ले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । यो काठे लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कृष्ण पुन ले मिक्सिङ गरेका हु...