Thursday, March 28
Shadow

लोक दोहोरी गायक राजेन्द्र भण्डारीको निर्देशनमा “ कल्पना ” भिडियो सार्बजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी/ललितपुर, मंसिर १०
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका कल्पना दाहाल को “ कल्पना ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ कल्पना ” बोलको गितमा राजेन्द्र भण्डारी र कल्पना दाहाल को स्वर रहेको छ ।

यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई ऐरेन्ज कृष्ण पुन ले गरेका छन् । “ कल्पना ” बोलको गीतमा सुरेश श्रेष्ठ ले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । यो काठे लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कृष्ण पुन ले मिक्सिङ गरेका हुन् ।

गायक राजेन्द्र भण्डारी ले निर्देशन गरेको भिडियोमा राजाराम कोइराला , अयुस्मा दवाडी र बालकलाकार कविराज भण्डारी र रितिका भण्डारी को उत्कृष्ट अभिनय देख्न सकिन्छ। सो गीतको भिडियोलाई मेनुका डिजिटल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । “ कल्पना ” बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको सर्जक तथा गायक भण्डारी ले जानकारी दिए ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares