Monday, April 29
Shadow

लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज


  • -इ
  • इ+

आफ्नो काम गर्दै,पौरख पगाल्न के को लाज
खानु छ दुध दहि घ्यु भैसि, पाल्न केको लाज

मिसावट सबै कसरी पुग्नु काम गर्नेको कमिले
खन्दैछु बाँझो हिम्मत छ निकाल्न के को लाज।

गर्दिन सक्दिन हैन, गर्छौ गरौ भन्ने बानी बसाले
रोग हुन्नआत्मबलको कदम चाल्न के को लाज।

परदेशी आउ पाखुरी,,बजारी गरौ यहि माटोमा
बालौला परेमा दाउरा र टुकि बाल्न के को लाज।

बेइज्जत गराए इज्जतको कुरा यो नयाँ जमनामा
म त भन्छु वस्तु पालौ,गोबर फाल्न के को लाज।

सगैॅ बसौ दुइदिने जीवनमा तिमी परदेश के खुशी
लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज।

कमला गौतम
काठमांडौँ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares