Saturday, April 20
Shadow

राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको २ अधिवेशन गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर, मंसिर १२
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन कृष्णप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । लाखौं कलाकारहरुको छाता संगठनको रुपमा परिचित राष्ट्रीय संगितकर्मी संघ नेपालको गण्डकी प्रदेश कार्यसमितीको दोश्रो अधिवेशन चर्चित कलाकार, चलचित्र निर्माता तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रीय महासचिव बिक्रमजंग शाहको प्रमुख आतिथ्तामा शनिबार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको हो ।

अधिवेशनमा प्रमुख अतिथि शाहले कलाकारहरुको हकहितका लागि राष्ट्रिय संगितकर्मी संघ स्थापना गरिएको बताउँदै सम्पुर्ण कलाकारहरु एकजुट हुन जरुरी रहेको बताएका छन् ।

अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शाहले अझै पनि समाजलाई मनोरन्जन मार्फत समाजका विकृति विसंगति केलाई देश विकासमा योगदान पुराउने कलाकारहरुलाई राज्यले कदर नगरेको बताए । कलाकारलाई राष्ट्रको गहना भनिन्छ तर ब्यवहारमा कलाकारहरु पिडित रहेकाले यसको लागि सबैले आफ्नो ठाउँबाट भै अधिकारको लागि एकजुट हुनुपर्ने धारणा शाहले राखेका थिए ।

अधिवेशनबाट कृष्ण प्रसाद गौतमको नेतृत्वमा ३० सदस्यीय नयां कार्यसमिती सर्वसम्मतिले निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष प्रशान्त सुनार, प्रथम उपाध्यक्ष करण तामाङ, द्वित्तीय उपाध्यक्ष अनिता पन्त , महिला उपाध्यक्ष लक्ष्मी नेपाली , महासचिब शंखर ढकाल , सचिब अर्जुन सापकोटा, बालकृष्ण शर्मा , महिला सचिब पवित्रा काफ्ले, कोषाध्यक्ष मिठु झा , सह कोषाध्यक्ष प्रतिमा भट्टराई , गंगा पौडेल , शुरेस भुर्तेल रहेका छन् ।

यस्तै सदस्यहरु गोविन्द प्रसाद अधिकारी, खिमलाल देवकोटा, गम बहादुर न्यौपाने, अ्म्बिका भण्डारी , कल्पना सिग्देल , किरण शर्मा, संगम शर्मा , प्रज्वल भित्रकोटि, रामकुमार थापा मगर, पुजा गुरुङ, बिरु बस्याल , सुजिता राना , डीबी मजाकोटी, लिला पौडेल , समिक्षा घर्ती र पुर्ण वाग्ले इतिहास चुनिएका छन् ।

एक सयभन्दा बढि कलाकार एवं संगितप्रेमी उपस्थित उक्त कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य सन्तोष अधिकारी, रिना थापा मगर, शिवम डिजिटलका संचालक शिब भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका गण्डकी प्रदेश अध्यक्ष यज्ञ सापकोटाको विशेष कारणबस अनुपस्थितीका कारण बरिष्ठ उपाध्यक्ष टंक डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब कृष्ण प्रसाद गौतमले गरेका थिए ।

अध्यक्षमा निर्वाचित भए पछि छोटो मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद गौतमले प्रमुख अतिथी, विशेष अतिथी, अतिथीहरु, प्रतिनिधि एवं निर्वाचन मन्डलका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेशबाट कलाकारहरुको अधिकार प्राप्तिका लागि अहोरात्र लागिपर्ने प्रण गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares