Thursday, April 25
Shadow

देविघाट जाल्पा क्लबद्धारा जालपा देवि मन्दिर परिसर सरसफाई


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर ११
हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा नुवाकोटको देविघाट स्थीत जालपादेवि मन्दिरमा हरेक वर्ष मेला लाग्ने गरेको छ । सोहि मेला सम्पन्न भए संगै मन्दिर परिसरमा भएका फोहोर स्थानिय देविघाट जाल्पा क्लबको नेतृत्वमा सरसफाई गरिएको छ ।

नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, रावतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनहरुको बाक्लो उपस्थीति रहने गरेको छ ।

भक्तजनको उपस्थीतिले पुजाँ सामाग्री लगाएत अन्य बस्तुहरु मन्दिर वरपर फ्याकिदाँ उत्पन्न भएको फोहोरले मन्दिरको सौन्र्दयतालाई असर पर्ने हुदाँ तत्काल सरसफाई गरिएको देविघाट जाल्पा क्लबले जनाएको छ । सरसफाईमा प्रहरी, स्थानिय लगाएतको उपस्थीति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares