Saturday, April 20
Shadow

महासंघको साधारण सभा शुरू, प्रधानमन्त्री ओलीले ‘स्विच’ थिचेर गरे उद्घाटन


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर ११
उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यम (जूम) मार्फत बालुवाटारबाट महासंघको साधारणसभा उद्घाटन गरेका छन्। उनले स्वीच थिचेर महासंघको साधारण सभा उद्घाटन गरेका छन् ।

महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् ।

प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आकांक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए । जसका कारण २ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित हुनेछन् ।

महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ । जस अनुसार, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा साधारण सभापछि महासंघको अध्यक्ष हुनेछन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र प्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । ढकाल अहिले एशोसिएट उपाध्यक्ष हुन् भने प्रधान जिल्ला/नगर उपाध्यक्ष हुन् । प्यानल नै बनाएर निर्वाचनमा होमिएका दुवै समूहले आफ्नो जीत हुने दावी गर्दै आएका छन् ।

ढकाल समूहमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । यस्तै प्रधान समूहमा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । महासंघले कोरोना महामारीलाई ध्यानमा राख्दै निर्वाचनका लागि तीन स्थान तय गरेको छ ।

उद्योग वाणिज्य समूहका कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएट समूहका लागि माइतीघरस्थित कार्की ब्याङ्क्वेट र वस्तुगत संघ समूहका लागि टेकु स्थित महासंघकै सचिवालयमा निर्वाचन हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares