Saturday, April 25
Shadow

शिक्षा

देउवाका छोराले लिए क्रियाशिल सदस्यता

देउवाका छोराले लिए क्रियाशिल सदस्यता

राजनिती, शिक्षा, समाचार
लक्ष्मण श्रेष्ठ भाद्र २४,काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउका छोराले डडेलधुराबाट कांग्रेसको क्रियाशिल सदस्यता पाएका छन् ।उनले बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनिति शास्त्रमा स्नाकोत्तर गरेका छन् । जयवीर राजनितिमा आउँदा विभिन्न खालका टिक्का टिप्पणी तथा विवाद सुरु भएको छ । आफ्नो परिवार राजनितिक भएपछि पार्टिको सदस्यता लिनु कुनै ठूलो कुरा भने होईन तर एक खालको भ्रम र्सिजना भएको छ । कांग्रेस राजनिति बारे जानकार वरिष्ठ पत्रकार किशोर नेपालले भने,“नेपालमा मात्र होईन,दक्षिण एसियामा नै विरासतको राजनितिले नराम्ररी छ ।”राजनितिमा नेताको सन्तानलाई अस्वाभिक रुपमा अघि बढाउने र क्षमतावान् तथा लामो लगानी भएका भएका व्यक्तिलाई पछि पार्ने बताएका छन् ।...
आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

टिप्स, मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौँ, भाद्र ४ काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो । आज (शुक्रबार) भोलि (शनिबार) र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ । विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–मह...
इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

अपराध, आर्थिक, मुख्य समाचार, शिक्षा, सुचना प्रविधि
  लक्ष्मण श्रेष्ठ ०१ भाद्र, काठमाडौं नेशनल कलेज अफ इन्जिनियरिङ का विद्यार्थी शैक्षिक मूल्य वूद्धि विरुद्ध आन्दोलनमा उत्रिएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण विगत २ वर्ष देखि भौतिक रुपमा पठनपाठन ,प्रयोगात्मक कक्षा साथै अतिरिक्त क्रियाकलाप विना नै ईन्जिनियरिङका विद्यार्थीहरु अनलाईन मार्फत पढ्न बाध्य परेको समयमा पनि झन् मूल्य वृद्धि हुदा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । देशको समग्र शिक्षा प्रणाली नै कोरोना कहर र माफियाकरणको चपेटामा पर्दै गरेको वर्तमान स्थितिमा विद्यार्थीहरुको भौतिक रुपमा उपस्थिति नभएको अवस्थामा मूल्य वूद्धि गर्नु दादागिरी हो भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । शिक्षा जस्तो संवेदनशिल बिषयमा यस्तो लापारबाहि गर्न कुन नैतिकताले दिन्छ र शुल्क वृद्धि गरिनुले शिक्षा क्षेत्रमा सरकारको निरिहता प्रष्ट भएको भन्दै हिजो अनेरास्ववियुले पे्रश वि...
डा. दंगालद्वारा भर्चुअल कक्षाको १०० औ श्रृङ्खला भव्य रुपमा सम्पन्न

डा. दंगालद्वारा भर्चुअल कक्षाको १०० औ श्रृङ्खला भव्य रुपमा सम्पन्न

शिक्षा, समाचार, समाज
काठमाण्डौँ, असार २१ त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारी पछि अर्थतन्त्रमा पारेको प्रभाव लगायत अन्य विषयहरुका बारे बाह्य स्रोत व्यक्ति सहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका डा.दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दी यता हाल सम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी युट्युव र सामाजिक सञ्जालमा समेत शेयर गरेर हाल सम्म १०० वटा यस्ता निःशुल्क कक्षा सञ्चालन गरिसकेका छन् । नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा पारेको प्रभावबारे हाल सम्म राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका ...
मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने : मौलाना मशहूद

मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने : मौलाना मशहूद

शिक्षा, समाचार, समाज, स्थानिय तह
कृष्णनगर/कपिलवस्तु अषाढ २० कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरसद बेग विशिष्ट अतिथिमा मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकी राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपाली नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान इम्बार्क इन्टरनेशनलका संचालक मिर्जा राशिद बेग लगायत रहनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेगले मुस्लिम आयोग मुस्लिम समुदायको हकहितमा काम गर्ने र मुस्लिम समुदायले दिएको सुझाव सल्लाह अनुसार अगाड...
विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

आर्थिक, ब्यानर समाचार, शिक्षा, समाचार
काठमाण्डौँ, जेठ १५ सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुर्‍याउन विद्यार्थीलाई ल्यापटप खरीदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सार्वजनिक विद्यालय तथा क्याम्पसको माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि एउटा ल्यापटप खरीद गर्न रु.८० हजारसम्म ऋण दिने बताएका हुन्। यस्तो ऋणको ब्याजदर १ प्रतिशत मात्रै हुनेछ भने कर्जाको अवधि दुई वर्ष हुनेछ।...
गौतम बुद्ध को जन्म होस्

गौतम बुद्ध को जन्म होस्

मनोरञ्जन, शिक्षा, समाज, साहित्य/कला
अन्यायको भुमरिमा कोहि नपरोस नेपालको झण्डा हाम्रो कहिल्यै पनि नझुकोस सुन्दर शान्त भनिएको मेरो देशमा फेरिपनी गौतम बुद्ध को जन्म होस सद्भाव र माया एक आपसमा सधै रहिरहोस अकालमा कोहि पनि मर्न नपरोस् हत्या हिसां र बलत्कारको सधैभरिलाइ अन्त्य होस बिन्ती छ भगवान फेरिपनी गौतम बुद्ध को जन्म होस् मान्छे संग मान्छे अब डराउन नपरोस् फुल्न लागेको फुल अब ओइलिएर नझरोस अब अरु निर्मलाले मर्न नपरोस बाबा आमाको काख अब खाली नबनोस बिन्ती छ भगवान ,फेरि पनि गौतम बुद्धको जन्म होस् पृथ्वीनारायण शाहले आर्जेको मुलुक कहिल्यै हाम्रो ईतिहास नढलोस जति रुनु रोइसकिन नेपाल आमा अब रुन नपरोस अब रुन नपरोस् बिन्ती छ भगवान फेरि गौतम बुद्ध को जन्म होस् लुट्तन्त्र सिमा मिच्ने काम अब बन्द होस् महामारी रोग ब्याधको सिकार बन्न नपरोस् ऋणको भारी टाउकोमा बोकि परदेशिन नपरोस् बिन्ती छ भगवान फेरि पनि गौतम बुद्ध को जन...
यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा स्थगित

यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा स्थगित

ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाण्डौँ, वैशाख २७ कोरोना भाइरसका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा पनि स्थगित भएको छ । सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ–आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षा मन्त्रालयले जनाएको छ ।...
सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

ब्यानर समाचार 2, शिक्षा, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख ५ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।...
तत्काल विद्यालय बन्द नहुने

तत्काल विद्यालय बन्द नहुने

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, चैत्र ३० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेको छलफल विना निष्कर्ष टुंगिएको छ। मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए। छलफलमा सहभागी अधिकांश सरोकारवालाले भने कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति आपत्ति जनाएका थिए। छलफलमा सहभागीले प्याब्सन तथा एनप्याब्सन लगायत सरोकालवाला निकायका प्रतिनिधिले विद्यालय बन्द गर्न नहुने धारणा राखेका हुन्। ‘अधिकांशको शैक्षिक संस्था बन्द गर्न हुँदैन भन्ने धारणा आयो,’ सचिव थपलियाले भने, ‘स्वास्थ मापदण्ड कडाइका साथ पालना गरी शैक्षिक संस्था चलाउनुपर्ने विषयमा एकमत रहेको छ।’ मन्त्री अनुपस्थित रहेकाले कुनै निर्णय भने गर्न नसकिएको उनको भनाइ छ।...