Thursday, April 25
Shadow

डा. दंगालद्वारा भर्चुअल कक्षाको १०० औ श्रृङ्खला भव्य रुपमा सम्पन्न


  • -इ
  • इ+

काठमाण्डौँ, असार २१
त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारी पछि अर्थतन्त्रमा पारेको प्रभाव लगायत अन्य विषयहरुका बारे बाह्य स्रोत व्यक्ति सहित नियमित कक्षा सञ्चालन भइरहेको छ ।

विभागका डा.दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दी यता हाल सम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी युट्युव र सामाजिक सञ्जालमा समेत शेयर गरेर हाल सम्म १०० वटा यस्ता निःशुल्क कक्षा सञ्चालन गरिसकेका छन् ।

नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा पारेको प्रभावबारे हाल सम्म राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, ऊर्जा क्षेत्रको प्रभाव बारेमा पूर्व ऊर्जा मन्त्री जनार्दन शर्मा, राजश्वबारेमा अर्थविद् डा डिल्लीराज खनाल र डा चन्द्रमणि अधिकारीले बहसमा भाग लिनु भएको छ । त्ससैै गरी कोरोना भ्रम, यथार्थ र यसबाट बच्ने उपायहरु शिर्षकमा आर्युवेद र एलोपेथिकका विभिन्न डाक्टरहरुले पनि कक्षा लिइसक्नु भएको छ ।

कार्यक्रहरुमा १५ जना अर्थशास्त्रीहरु, जापान, कोरीया र अस्टे«लियाबाट आएका विज्ञस्रोत ब्यक्तिहरु, स्थानीय सरकारका प्रतिनिधि, नेपाल सरकारका राजश्व सचिव रामशरण पुडासैनी, पूर्वअर्थ सचिव रामेश्वर खनाल, कृष्णहरि बाँस्कोटा, डा.शान्तराज सुवेदी, पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्रोत व्यक्तिको रुपमा सहभागीता जनाई सक्नु भएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको केन्द्रीय सचिव डा.दङ्गालका अनुसार सुदुरपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा. अम्वराज जोशि,मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा नन्द ब. सिंह, पोखरा विश्व विद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, खुला विश्वविद्यालयका उपकुलपतिहरु प्राडा लेखनाथशर्मा र प्राडा इन्द्र ब. कार्की, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राभरत झा, त्रिविका शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिभुवन विश्विद्यालयका शिक्षा,मानविकी, विज्ञान र ब्यवस्थापन संङ्कायका डीनहरु र क्याम्पस प्रमुखहरु साथै प्राध्यापक सङ्घका सभापतिले बहसमा भागलिइसक्नु भएको छ ।

त्यसै गरी भरखरैशोध अनुसन्धान विधाअन्तर्गत नेपालका मूर्धन्य विज्ञबाट सम्पन्न गर्ने गरी एक हप्ते, छ दिने र तीन दिने गरी तीन चरणका रिसर्च प्याकेज कार्यक्रम सञ्चालन भइसकेका छन् । नेपालको इतिहासमा यति धेरै विश्वविद्यालयका प्राध्यापक, पिएचडी र एमफिल स्कलर्सहरु एकै ठाँउमा जम्मा भएको यो पहिलो कार्यक्रम हो । यो कार्यक्रमको सञ्चालन भएपछि धेरै अनुसन्धानका क्षेत्रमा लाग्न चाहने अनुसन्धान कर्ताहरुलाई सहजिकरण भएको छ भने पछि अन्य केहि ब्यक्ति र संस्थाहरुबाट यस्ता कार्यक्रम सुुरु हुन थालेबाट आफुले अनुसन्धानको क्षेत्रमा चालेको अभियान सफल भएको तथा यो अनुसन्धान सम्बन्धी अभियान धेरै विद्यार्थी र अनुसन्धानकर्ता समक्षपुगेर उनीहरुले लाभ लिइरहेका भएता पनि यो शुद्ध सहयोगको भावनाले गरिएको कामना केहि गिरोहहरुले टाङ अडाउने गरेको पनि अनुभव डा. दंगालले संगालेको बताउनु हुन्छ । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले प्राज्ञिक मन्तव्य दिनु भएको थियो भने स्रोत व्यक्तिका रुपमा प्राडा चैतन्य मिश्र, प्राडा मनप्रसाद वाग्ले, प्राडा वासुदेव काफ्ले, प्राडा महानन्द चालिसे, प्राडा शिवराज अधिकारी र प्राडा धुर्वकुमार गौतम, प्राडा प्रेमराज पन्त,प्राडा दयाराम श्रेष्ठ, प्राडा शंकर खनाल, प्राडा चक्रपाणी लुईटेल,सह.प्राडा धुर्वलाल पाण्डे रहनु भएको थियो ।

आफु विश्वविद्यालयमा प्राध्यापनरत भएको र कतिपय अवस्थामा कोरोनाका कारणले कक्षा सहज ढंगबाट सञ्चालन हुननसकेको साथै इन्टरनेट लगायत अन्यकारणहरुले अनलाईन कक्षाहरुमा पनि सबै विद्यार्थीहरुको पहुँच सहज ढंगबाट पुन्न नसकेकोले विद्यार्थीहरुको पढाइमा समस्या नआवस भन्नका लागी आफ्नो भर्चुवल कक्षाको १०० अंक सम्पन्न भएको उपलक्ष्यमा त्रिवि लगायत विभिन्न विश्वविद्यालयहरुमा अध्यापन हुने अर्थशास्त्रका सबै विषयवस्तुहरुलाई समेटेर अब १०० ओटा भिडियो dilnathdangal युट्युवच्यानलमा अपलोड गरीदिने र सम्वन्धीत विद्यार्थीहरुले आफुलाई सहजभएको अवस्थामा निःशुल्क हेरेर र सुनेर लाभ लिन सक्ने डा. दंगालले बताएका छन् । यसले अर्थशास्त्र अध्ययन र अध्यापन गर्न चाहने सबैका लागी उपयोगि हुन सक्ने सोचेर यो पवित्र कार्यको आफुले थालनी गर्न लागेको साथै कार्यक्रममा एनआरइएनले प्रविधिक सहयोग उपलब्ध गराएको र छोरी दिलासाले प्राविधिक सहयोग गरेको पनि उनले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares