Friday, April 26
Shadow

शिक्षा

विद्यालय बन्द गर्ने सरकारको तयारी

विद्यालय बन्द गर्ने सरकारको तयारी

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, चैत १६ सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।...
विद्यार्थीमा भाइरल ज्वरो :  तीन विद्यालय बन्द

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द

मुख्य समाचार, शिक्षा, समाचार, समाज
डोटी, चैत ४ । डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको जनाइएको छ । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्य...
कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
  काठमाडौँ, चैत ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।...
विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
लमजुङ, चैत ३ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको भने दुई जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।गम्भीर घाइते भएका अन्य २ भाइ छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको उपचार भइरहेको छ । ...
एसईई परीक्षाको तालिका सार्वजनिक

एसईई परीक्षाको तालिका सार्वजनिक

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं , फागनु २६ । वि.सं. २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । जेठ १३ गते अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ भने जेठ १६ गते अनिवार्य गणितको परीक्षा हुनेछ । जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ भने सोही दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने बोर्डले समय तालिका सार्वजनिक गरेको छ । २१ देखि २४ गतेसम्...
एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने

एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, फागनु २५ । विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ । बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ । कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको र कतिपय जिल्लामा जारी रहेको बताइएको छ । कोभिड–१९ का कारण पठनपाठन नभएपछि यस वर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । विगतका वर्षमा परीक्षा चैतमा हुँदै आएको थियो । बोर...
विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
कर्णाली , फागनु २५ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७(७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन् । उनीहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन् । तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहर...
जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं , फागुन १२ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिए। हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा मात्र क्षति हुनेछ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो । एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म...
समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुदै : बोर्ड उपाध्यक्ष मौलाना मशहुद

समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुदै : बोर्ड उपाध्यक्ष मौलाना मशहुद

शिक्षा, समाचार, समाज
कपिलवस्तु, फाल्गुन ९ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने मौलाना (शिक्षक) हरूलाई सरकारी दरबन्दी सरह गर्नु पर्ने बताउदै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मदरसा बोर्ड अध्यक्ष माननीय लुम्बिनी प्रदेश सामाजिक विकास मंत्री सुदर्शन बराल मार्फत लाई यस विषयमा प्रदेशिक र संघिय सरकार समक्ष जोडदार तरिकाले पहल गर्न ध्यानाकर्षण गराएका छन् । माननीय मंत्री सुदर्शन बरालले मदरसा शिक्षाका सवाल र चुनौती हरू प्रति सधै सकारात्मक रहेको बताए । उक्त छलफलमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले मदरसामा रहेका मौलाना हरूलाई छिट्टै सरकारी सरह सेवा सुविधा...
मदरसा शिक्षा सरकारी विद्यालय सरह गर्न संघको माग

मदरसा शिक्षा सरकारी विद्यालय सरह गर्न संघको माग

शिक्षा, समाचार, समाज
शहबाज खान, कपिलवस्तु, फाल्गुन ६ लामो समय देखि नेपालमा मुस्लिम समुदायहरुले बसोंबास गरेको लामो इतिहास रहेको छ।मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति,भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी लगायतका बिषयहरुमा शिक्षा दिदै आएका छन। अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिई रहेका छन। तर‌ मदरसा हरुमा पढेका विद्यार्थी हरुको भविष्य अध्यारोमा रहेको छ। नेपाल सरकारले मदरसामा पढेका विद्यार्थी हरुको बारेमा अहिले‌सम्मा कुनै पहल‌ पनि गरेको ‌छैन र यदि साउदी र खाड़ी देशहरुले नेपालका मदरसाहरुमा पढेका विद्यार्थी हरु लाई आफ्नो देशमा मान्यता दिए छ भने नेपाल सरकारले ति देशमा जानको लागि एनओसी दिएको छैन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) ले देशलाई नै अस्त व्यस्त बनाइ...