एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO)सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश परिषद सम्पन्न
खगेन्द्र अबस्थि/कैलाली
एकीकृत अखिल नेपाल शिक्षक संगठन UANTO,सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो दोस्रो प्रदेश परिषद् बिस्तारित बैठक "राष्ट्रियता,लोकतन्त्र र संबैधानिक सर्बोच्चता हाम्रो अभियान! शिक्षक एकता,संघीय शिक्षा ऐन र समाजबादी शिक्षा नीति UANTO को पहिचान!!" भन्ने मुल नाराका साथ सु.प.को अस्थायी राजधानी धनगढी स्थित श्री त्रिनगर मा.बि.मा भब्यरुपले सम्पन्न गरेको छ।सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्ला बाट प्रतिनिधित्व गरि सहभागीको रुपमा २०५ संख्यामा प्रदेश पार्षद सदस्यको रुपमा शिक्षकहरुको उपस्थिति रहेको थियो।
भेलामा प्रत्येक जिल्लाबाट रिपोर्टिङ ब्यबस्था समेत गरिएको थियो। दोस्रो प्रदेश परिषद् बैठकको सन्चालन प्रदेश महसचिब रतन प्रसाद जैसीले गर्नुभएको थियो भने अध्यक्षता प्रदेश अध्यक्ष दलबहादुर कार्कीले गर्नुभएको थियो।परिषद्को प्रमुख अथितीको रुपमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्...






