Tuesday, May 12
Shadow

स्थानिय तह

नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेशद्वारा टेलरिङ्गमा रहेकोे कमिसन प्रथाको बिरोध

नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेशद्वारा टेलरिङ्गमा रहेकोे कमिसन प्रथाको बिरोध

आर्थिक, समाचार, स्थानिय तह
काठमाडौ, फागुन २ नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समिती द्वारा सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिसन प्रथाको बिरोधमा सम्बन्धित पक्षले कमिसन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने बिचार सहित बिरोध र्याली तथा बिरोध सभा सम्पन्न भएको छ । बर्तमान परिस्थितिमा समेत विभिन्न जिल्लामा कपडा सिलाउन पठाए बापत कमिशन लिने अवस्था बाट उपभोक्ता समेत मारमा परेको र आफ्नो पेशा बाट अरुले फाइदा लुटने प्रवृती कायम रहिआएकोले (टेलरिङ्ग)सिलाइ पेशा धरासायी बन्न सक्ने स्थिति बाट जोगाउन बिरोध सभाको आयोजना गरिएको १ न प्रदेश महासंघका संयोजक राजन दर्नालले बताउनु भयो । प्रदेश संयोजक राजन दर्नालको सभापतित्वमा सम्पन्न भएको सभामा महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ, उपाध्यक्ष फिरोज अलि,उपमहासचिव सन्त दर्नाल ,सुनसरी जिल्ला अध्यक्ष गोपाल रणपहेली, झापा अध्यक्ष दिलिप सुन्दास, मोरङ अध्यक्ष भगत परियार , र...
दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १ । दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए । सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ...
बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३० । बलात्कार आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ गरिएको छ । पक्राउन पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् । भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए । मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सव...
एउटा छोरा बचाइ दिन अपील गर्दै तारा बुढा को परिवार

एउटा छोरा बचाइ दिन अपील गर्दै तारा बुढा को परिवार

समाज, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली, काठमाडौ, तमानखोला गा.पा.३ तमान धन गौ ज्योति माध्यमिक बिद्यालय कक्षा ९ मा अध्यनरत वर्ष १५ का तारा बुढा गत २१ गते स्कुलको छड बाट खसेर गम्भीर घाइते भएका छन । बिहान गणित विषयको ट्युसन कलास सकेर बाहिर स्कुलको छडमा घाम ताप्न निस्केका तारा बस्ने बेला खुट्टा चिप्लिएर छड बाट तल खसेको हुन सक्ने परिवारले जानकारी गराएका छन ।बिहान करिव ९:३० बजे तिर लडेको ताराको बाहिरी चोट नदेखिए पनि बेहोस रहेकोले उपचारको निमित्त स्थानीय युवाहरुको सहयोगमा बुर्तिवाङ स्वास्थ्यचौकी पुर्‍याएको थियो । टाउकोमा रगत जमेको र घाटी थिचिएर स्वासप्रस्वास मा समस्या देखिएकोले उनलाई तत्काल पोखरा लैजान नसके बचाउन गाह्रो हुने डाक्टरको सुझाव पाए पछि धन गौ ज्योति मा.वि . तमानका बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएका झक बहादुर बुढाको पहलमा प्रभु हेलिकप्टर मार्फत तारालाइ थप उपचारको निमित्त बुर्तिबाङ देखि पोखर...
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए । हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन् ...
धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थालमै मृत्यु

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थालमै मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ २९ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ को चार किला एभरेष्ट पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थालमै मृत्यु भएको छ । गल्छि तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको टक सगं ठोक्किएर अनियन्त्रि भएर दुर्घटना हँदा मोटरसाइकलमा एकाशि आगोलागि हुँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । ...
अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने परिवारको अडान

अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने परिवारको अडान

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
बैतडी, २८ माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् । बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा। वसन्तराज जोशीले बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको बताए । ‘सोधपुछ चलिरहेको छ...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, माघ २८ । सुनुसरीको बराहक्षेत्र नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । साहको उपचारका क्रममा मंगलबार राति ८: ५० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
समाजिक विकास मंत्रालयले मदरसा शिक्षा समस्यालाई मध्य नजर गर्दै शि.वि. तथा प्रा. मंत्रालयमा सिफारिस

समाजिक विकास मंत्रालयले मदरसा शिक्षा समस्यालाई मध्य नजर गर्दै शि.वि. तथा प्रा. मंत्रालयमा सिफारिस

शिक्षा, समाचार, समाज, स्थानिय तह
कपिलवस्तु, माघ २७ लुम्बिनी प्रदेश समाजिक विकास मंत्रालयले मदरसा शिक्षा विकासका सवालम रहेको समस्या लाई मध्य नजर गर्दै शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय मा सिफारिस गरेको छ। लामो समय देखि मदरसा शिक्षा मूलप्रवाहिकरण मा आए पनि सामुदायिक विद्यालय सरह नभयेको मुस्लिम अगुवाहरु ले पटक पटक सामाजिक विकास मंत्रालय लाई ध्यानाकर्षण गराउदैं आएका थिए। उक्त मंत्रालयले मदरसा शिक्षा प्रदान गर्ने संस्थाहरुको संख्या उल्लेख्य भएको तिनीहरु लाई व्यवस्थित गरि सबै संस्थाहरु लाई मूलधारमा ल्याइ विद्यालय शिक्षा समाहित गर्न अत्यावश्य रहेको ठहर गरेको छ। नेपालको संविधान को धारा ३१को उपधारा २मा अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५को दफा ६ र १६ कार्यन्वय गरि धार्मिक प्राकृतिक विद्यालयहरु लाई निशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्ने प्रयोजनार्थ संघीय सरकार बाट निम्नलिखित निती तथा अन्य व्यवस्था हुन माननीय मन्त्रिस्तर...
बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २६ । बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ। जिल्लाको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि ती महिलाको हत्या गरिएको हो । बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुशवाहाको ४५ बर्सिय श्रीमती कान्ती देवि कुशवाहालाई राती करिब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कलैया , बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराएका छन् । श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या गरि फरार भएको डिएसपी मिश्रले बताए ।...