Tuesday, April 23
Shadow

नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेशद्वारा टेलरिङ्गमा रहेकोे कमिसन प्रथाको बिरोध


  • -इ
  • इ+

काठमाडौ, फागुन २
नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समिती द्वारा सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिसन प्रथाको बिरोधमा सम्बन्धित पक्षले कमिसन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने बिचार सहित बिरोध र्याली तथा बिरोध सभा सम्पन्न भएको छ ।

बर्तमान परिस्थितिमा समेत विभिन्न जिल्लामा कपडा सिलाउन पठाए बापत कमिशन लिने अवस्था बाट उपभोक्ता समेत मारमा परेको र आफ्नो पेशा बाट अरुले फाइदा लुटने प्रवृती कायम रहिआएकोले (टेलरिङ्ग)सिलाइ पेशा धरासायी बन्न सक्ने स्थिति बाट जोगाउन बिरोध सभाको आयोजना गरिएको १ न प्रदेश महासंघका संयोजक राजन दर्नालले बताउनु भयो ।

प्रदेश संयोजक राजन दर्नालको सभापतित्वमा सम्पन्न भएको सभामा महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ, उपाध्यक्ष फिरोज अलि,उपमहासचिव सन्त दर्नाल ,सुनसरी जिल्ला अध्यक्ष गोपाल रणपहेली, झापा अध्यक्ष दिलिप सुन्दास, मोरङ अध्यक्ष भगत परियार , राष्ट्रिय महिला उध्यमी सीप बिकास समिति सदस्य जीवन मगर , लगायतको उपस्थिति रहेको जिल्ला सचिब महेन्द्र दासले बताउनु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares