Tuesday, April 13
Shadow

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या


  • -इ
  • इ+

काठमाडौं, माघ २६ । बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ। जिल्लाको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि ती महिलाको हत्या गरिएको हो ।

बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुशवाहाको ४५ बर्सिय श्रीमती कान्ती देवि कुशवाहालाई राती करिब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कलैया , बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराएका छन् ।

श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या गरि फरार भएको डिएसपी मिश्रले बताए ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्