Friday, April 26
Shadow

एउटा छोरा बचाइ दिन अपील गर्दै तारा बुढा को परिवार


  • -इ
  • इ+

जसिन्द्र श्रीपाली, काठमाडौ,
तमानखोला गा.पा.३ तमान धन गौ ज्योति माध्यमिक बिद्यालय कक्षा ९ मा अध्यनरत वर्ष १५ का तारा बुढा गत २१ गते स्कुलको छड बाट खसेर गम्भीर घाइते भएका छन ।
बिहान गणित विषयको ट्युसन कलास सकेर बाहिर स्कुलको छडमा घाम ताप्न निस्केका तारा बस्ने बेला खुट्टा चिप्लिएर छड बाट तल खसेको हुन सक्ने परिवारले जानकारी गराएका छन ।बिहान करिव ९:३० बजे तिर लडेको ताराको बाहिरी चोट नदेखिए पनि बेहोस रहेकोले उपचारको निमित्त स्थानीय युवाहरुको सहयोगमा बुर्तिवाङ स्वास्थ्यचौकी पुर्‍याएको थियो । टाउकोमा रगत जमेको र घाटी थिचिएर स्वासप्रस्वास मा समस्या देखिएकोले उनलाई तत्काल पोखरा लैजान नसके बचाउन गाह्रो हुने डाक्टरको सुझाव पाए पछि धन गौ ज्योति मा.वि . तमानका बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएका झक बहादुर बुढाको पहलमा प्रभु हेलिकप्टर मार्फत तारालाइ थप उपचारको निमित्त बुर्तिबाङ देखि पोखरा ल्याइएको थियो । पोखरा ल्याएर करिव ५ दिन उपचार गर्दा समेत होस नखुलेको ताराको अहिले भने अवस्था सामान्य बन्दै गइरहेको छ । तारा सामान्य रूपमा बोल्न सक्ने र प्रष्ट रूपमा मान्छे चिन्न सक्ने अवस्थामा छन उनलाई आजै मात्र ICU बाट नर्मल उपचार कक्षमा सारिएको पोखरा बाट खिम मगरले जानकारी दिएका छन ।
ताराको पारिवारिक अवस्था निकै कमजोर रहेको र हाल उपचारको निमित्त आर्थिक संकट रहेकोले सबैजनाले आर्थिक सहयोग गरिदिन उनको परिवारको अपिल छ।
गरिवीको रेखामुनि रहेका नागरिक मध्य एक तारा बुढाको बुवा खडक बहादुर बुढा परिवार पनि पर्छ , अहिले ऊनी दिनभर मजदुरी गरेर परिवारको खर्च जोहो गरिरहेका छन यस्तो अवस्थामा आफ्नो एउटा मात्रै छोरा जीवन र मृत्युको दोसाँधमा बाचिरहेकोले सक्दो आर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेका हुन ।
ताराको उपचारका निमित्त ठ्याक्कै कति खर्च लाग्ने भन्ने कुरा अझै भन्न सक्ने अवस्था नरहेको डाक्टरको भनाइ छ ! मणिपाल शिक्षण हस्पिटल पोखरामा उपचारार्थ ताराको आर्थिक सहयोगको निमित्त तमानखोला गा.पा. अध्यक्ष जोकलाल बुढा र धन गौ ज्योति मा.वि. तमान स्कुलका बि.बे.स. अध्यक्ष झक बहादुर बुढाको नाममा बाग्लुङ शाखामा प्रभु बैंकको खाता खोलिएको छ ! स्वदेश तथा बिदेशमा रहने सहयोगी दाताले खाता नम्बर ०६०००८३९२३१०००१५ मा आर्थिक संकलन गरिदिन समेत अध्यक्ष बुढाले अनुरोध गरेका छन ।
हाल गाउँ गाउँमा समेत चन्दा संकलन गरिरहेको र तारा बुढाको उपचार को निमित्त प्रयोग भएको हेलिकप्टर चार्ज समेत तिर्न बाकी रहेकोले आर्थिक भार परिरहेको ३ नम्बर वडा अध्यक्ष गिर बहादुर घर्तीले जानकारी दिएका छन , केही सहयोगी दाता जोडिने क्रम बढ्दै गएकोले आफुहरु तारा बुढालाइ सफल उपचार गर्नमा सफल रहने आशा रहेको समेत घर्तीले बताएका छन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares