Friday, April 26
Shadow

दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु


  • -इ
  • इ+

काठमाडौं, फागुन १ । दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो ।

एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए ।

सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उता सुरक्षा गस्तीमा गएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी निधन भएको छ ।मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली–५ घरभई अस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन् ।

रात्रिकालिन शान्ति सुरक्षाका लागि राम्चे क्षेत्रको गस्ती सम्पन्न गरी ग्राङ प्रहरी चौकी फर्कने क्रममा उहाँले चढेको प्रदेश नं ३ ९३००१ प ३३७५ नम्बरको मोटर साइकल राम्चे बजार नजिकैको खोल्छा छेउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । गए राति भएको भएको सो दुर्घटनामा पासाङ ल्हामु राजमार्गबाट ३० मिटर तल मोटरसाइकल झरेको बताइएको छ ।

सो दुर्घटनामा पर्ने अर्का प्रहरी हवल्दार राजेन्द्र लामा भने गम्भीर घाइते भएका छन् । उनको अहिले प्रहरी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी प्रमुख पाण्डेले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल नुवाकोटको त्रिशूली अस्पताल पठाउँदा चिकित्सकको परीक्षणबाट प्रहरी जवान अर्याललाई मृत घोषणा गरेको थियो भने नुवाकोट जिल्ला विदुर नगरपालिका–११ माथिल्लो गेर्खु बस्ने प्रहरी हवल्दार लामालाई थप उपचारका लागि तुरून्तै काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares