Wednesday, May 20
Shadow

समाज

भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ३० भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्। सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका स...
शैक्षिक वित्त

शैक्षिक वित्त

विचार, समाज, सम्पादकीय
सरोज पोखरेल/काठमाण्डौँ, मंसिर २६ शिक्षाका लागि आवश्यक आम्दानीका स्रोतहरु संकलन गर्ने र त्यसको उपयुक्त वांडफांड नै शैक्षिक वित्त हो | यसले शिक्षा खर्च कसरी जुटाउने , कस्तो शिक्षा दिने , क-कसलाई शिक्षा दिने , समाजबाट के- कस्तो अपेक्षा राख्ने ,सामाजिक संरचना , भौगोलिक अवस्था र प्राकृतिक सम्पदाका आधारमा शिक्षा क्षेत्रमा भएको लगानीलाई के-कसरी न्यायोचित र प्रभावकारी बनाउने , सामाजिक लाभ र सामाजिक न्यायको सिद्धान्त अनुरुप शिक्षा खर्चमा सवैको समान पहुँच र अवसरलाई कसरी सुनिश्चित गर्ने ? वित्तीय स्रोतहरुलाई सिधै लक्षित वर्गमा पुर्याउन के-कस्तो प्रकारको नीति अनुशरण गर्ने, शिक्षामा गरिने खर्चलाई कसरी परिणाममुखी बनाउने तथा वित्तीय स्रोतहरुलाई के-कस्ता विधि अवलम्वन गरी उदेश्यमूलक बनाउन सकिन्छ भन्ने लगायतका विषयवस्तुहरुको अध्ययन गर्दछ | शैक्षिक वित्तका क्षेत्रहरुमा शिक्षामा के-कति लगानी गर्ने ,...
गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह सम्पन्न

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह सम्पन्न

जिवनसैली, समाज
काठमाडौ, मंसिर २६ पार्टी एउटै तर फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखराको हेम्जास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् । आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो । विगतमा अन्नपूर्ण सरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका थिए । विवाहपछि अध्यक्ष कर्णबहादुरले भने, ‘दुवै अन्तरजिल्लाका जनप्रतिनिधि भएको र पार्टी पनि मिलेकोले विवाह गरेका हौं । आखिर विवाह एक उत्सव हो ।’ २०४६ सालको जनआन्दोलनपछि सँगै विद्यार्थी राजनीति सुरु गरेका उनीहरु दुवै पूर्व एमाल...
बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६ पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । १०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ । ठूलोबिसाउना पु...
अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

टिप्स, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, मंसिर २६ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ । जाडो महिनाभरी कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमति पत्र (ट्रायल) नखोल्नका आन्तरिक छलफल भएको यातयात व्यवस्था विभागले जनाएको छ । चालक अनुमति (ट्रायल) खोल्ने अधिकार प्रदेशको भौतिक मन्त्रालयलाई मात्र अधिकार हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातयात व्यवस्था विभागले अनलाइनप्रणालीलाई अनुमति दिने गर्दछ । यसभन्दा अघि कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदा विभागले प्रदेश भौतिक मन्त्रालयसँग कुनै पनि सल्लाह नै नगरीक अनलाई सिस्टम बन्द गरेको थियो । विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि प्रदेश नम्बर ३ को भौतिक पूर्वधार मन्त्रालयले मंसिर २५ गते नै विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।...
मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु मंसिर २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बराल...
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार

मुख्य समाचार, समाज
काठमाडौ, मंसिर २५ ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको माइतीघरमा शान्तिपूर्ण रुपमा ब्यानर लिएर बसेका न्यायका लागि मानव अधिकार संजालका अध्यक्ष इन्द्र प्रसाद अर्याललाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार दिवसको अवसरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेका मानव अधिकारकर्मी माथी प्रहरीले दुर्व्यवहार पुर्वक पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन प्रहरीले गरेको अमानवीय व्यवहारले मानव अधिकार नै उल्लंघन गरेको भन्दै मानव अधिकारकर्मिहरुले बिरोध जनाएका छन ।...
तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण

तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण

समाचार, समाज, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं तमानखोला गाउपालीका ५ खुंखानीमा अबस्थित शान्ति माबिका शिक्षक हिरा बहादुर छन्त्यालको पहल र सोहि बिधालयमा ७ वर्ष अध्यापन गराई हाल म्याग्दिमा अध्यापन गराई रहनु भएका शिक्षक तेज प्रसाद लामिछानेको सक्रियतामा शान्ति माबि बिद्यालय खुंखानी लाई ६ सय थान पुस्तक र बिष्णु आधारभुत बिद्यालय नर्जाखानीमा ५ सय थान पुस्तक हस्तान्तरण गरिएको हो। उक्त पुस्तक शिक्षक लामिछानेले Education for life (Norway_ नामक संस्था संग सहयोग अपील गरि बिधालय परिवार लाई हस्तान्तरण गर्नु भएको हो । बिद्यालयका प्र.अ. शत्यनारायण सिंह आकाश ले लामो समय सम्म बिधालयमा पुस्ताकालय भएता पनी प्रभावकारी ढंगबाट संचालन हुन नसकेको बेलामा तेज प्रसाद सरको सहयोगले बिद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउनु भएको छ । शिक्षाले मात्रै मानिस र समाज दुबैको चेतनास्तरमा परिर्वन ल्याउने र समाज परिर्वन गर्न सकिने भएकोले प...
राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

जिवनसैली, समाज
काठमाडौ, मंसिर २५ पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। सनातन संस्कृति समाज नेपालले आज हिन्दु राष्ट्र पुर्नस्थापनाको माग राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको हो। राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए। कोरोना भाइरस संक्रमण यथावत् रहेको अवस्थामा दैनिक रुपमा बढ्दै गइरहेको प्रदर्शनमा स्वास्थ्य मापदण्ड पालना भने भएको छैन। र्‍याली र कोणसभाहरुमा भौतिक दुरीको पालना भएको छैन भने प्रदर्शनमा अधिकांश सहभागिहरुले मास्क लगाएको देखिँदैन।...
शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द

शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द

मुख्य समाचार, समाज
काठमाडौ, मंसिर २५ मोरङका सबै विद्यालय आज बन्द गरिएका छन्। मिक्लाजुङ–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हत्याको विरोधमा आज सम्पूर्ण विद्यालय बन्द भएका हुन्। नेपाल शिक्षक महासंघ मोरङको आह्वानमा विद्यालय बन्द गरिएको हो। महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरी विद्यालय बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताए। उनले विद्यालयमा निर्भिकतापूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको बताए। यसैबीच नेपाल राहत शिक्षक समिति मोरङले पनि हत्याको विरोध गरेको छ। राहत शिक्षक समितिले दोषीलाई कडा कारवाहीको माग गरेको छ। प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द...