Monday, June 15
Shadow

समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सामलिङ्ग पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) बिहीबारदेखि बिक्री खुल्ला भएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । बााकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिन पाइनेछ । मेरो सेयर अनलाइन प्रणाली तथा खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म यसमा आवेदन दिने मिति तोकिएको छ । कम्पनीले ९.५ मेगावाटको माइ बेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट २१ करोड ३ लाख अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा रहने अनुमान छ ।...
साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, समाज, स्थानिय तह
नुवाकोट, असोज २८ विदुर नगरपालिका वडा नं ५ मा रहेको गंगटे पार्क सबैको रोजाईमा पर्न थालेको छ । साँझपख साथिभाई भेटघाट, शारीरिक कसरत देखि आराम गर्ने थलो बनेको छ पार्क । आज भोलि दशैँलाई घर आएकाहरु पार्क घुम्न आउनेको घुईचो नै रहेको छ । बिहिवार साँझ पार्कमा देखिएका दृश्यहरु हेर्नुहोस् : तस्वीर : राजेन्द्र गजुरेल ...
आज देशैभर विधिपूर्वक फुलपाती भित्र्याइँदै

आज देशैभर विधिपूर्वक फुलपाती भित्र्याइँदै

जिवनसैली, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २६ आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नौ प्रकारका पल्लवहरू दशैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग हराउँछ भन्ने धार्मिक विश्वास छ । आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।...
सपनामा महिलालाई देख्नुहुन्छ ? यसो भन्छ ज्योतिष शास्त्र

सपनामा महिलालाई देख्नुहुन्छ ? यसो भन्छ ज्योतिष शास्त्र

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार 2, समाचार, समाज
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भने के हुन्छ र त्यसको अर्थ के लाग्छ त ? नाचिरहेको युवती देखेमा : नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ । दुलही रुपी महिला : जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो । सुनौलो कपाल भएकी महिला : कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ । बुर्का लगाएकी महिला : बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्...
एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

आर्थिक, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज २३ करिब एक करोड लागतमा धादिङको गल्छी चोकमा बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आएको छ । बिहिवार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले उद्घाटन गरेका छन् । नेपाली बजारमा पछिल्लो समय बर्गर हाउस प्रति आकर्षण बढ्दै गईरहेको छ । सोहि अनुरुप बर्गर हाउस को शाखाहरु तिव्र रुपमा विस्तार भईरहेको छ । सोहि क्रममा नुवाकोट, रसुवा जाने तर्फ गल्छी चोकमा उक्त बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन संचालनमा आएको छ । ग्रहकको रुचि अनुसारका ताजा ताजा खानेकुराहरु ग्राहकले अडर गरे पछि मात्र बनाईने भएकोले पनि स्वास्थ्यबद्र्धक खानका परिकारहरु पाईने संचालक मध्येका एक पुर्षोतम प्याकुरेलले बताए । पारिवारीक एवम् शान्त वातावरणमा विभिन्न खानाका स्वादिष्ट परिकारको मज्जा लिनुको साथै जन्म दिन मनाउनको लागि छुट्टै बस्ने व्यवस्था समेत रहेको छ । ...
आज दशैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुस् पूजा (मन्त्रसहित)

आज दशैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुस् पूजा (मन्त्रसहित)

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज २१ आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ । आज शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने...
हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

Uncategorized, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ, असोज २० केशब श्रेष्ठ हिन्दु नेपालिहरुको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै छ । बडा दशैं अर्थात् विजया दशमी  नेपालीहरूको महान चाडकोे रुपमा लिइन्छ । राष्ट्रिय चाडको रुपमा समेत मानिने दशैं हिन्दु धर्मवलम्बीहरूले घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ र दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म मनाउने गर्छन् । देश विदेश वा टाढा टाढा भएका आफ्ना परिवार, साथिभाइ र आफन्तजनसँग भेटधाट हुने वातावरण सिर्जना हुने यो समयले आफ्नो सुभचिन्तकहरु सँग खुसी र रमाइलो गर्ने सुनौलो अवसर जुटाइदिन्छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रुपमा लिइन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ...
प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २० प्रभु लाइफ इन्स्योरेन्स लि ले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको छ । शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेल ले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गर्नु भएको हो । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीबन बीमा कम्पनीको दायित्व भनेकै आर्थिक जोखिमको रक्षा ...
विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज १८ नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा रहेको जिल्ला कै पहिलो हेलिप्याड सहितको गंगटे पार्कको उद्घाटन गरिएको छ । आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् । विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सभापति नगरपालिकाका मेयर सन्जु पण्डित, प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, विषेश अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली त्यस्तै अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, नगरपालिकाको उपमेयर गिता कुमारी दाहाल लगाएत नगरवासिहरुको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्न...
दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, असोज १८ विश्व शान्ति शिखर सम्मेलन वार्पको ७ औ बार्षिकोत्सव सम्पन्न भएको छ । सेप्टेम्बर १८ शानिवारका दिन अनलाइनमार्फत आयोजना गरिएको सम्मेलन कोभिड संक्रमणका कारण प्रभावित शान्तिका एजेण्डाहरुलाई अन्तर्राष्ट्रिय रुपमा पुनः गति प्रदान गर्ने भन्नेबारे केन्द्रीत रहेको थियो । साथै सम्मेलनले आगामी दिनहरुमा यसका लागि अन्तर्राष्ट्रिय प्रयासहरुको विकास गर्दै जाने योजनाहरुबारे  छलफल केन्द्रित गरेको थियो । हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट ९एचडब्ल्युपीएल०ले, २०१४ को विश्व शान्ति शिखर सम्मेलनदेखि, शान्तिपुर्ण सहअस्तित्वको वातावरण सिर्जना गर्नको लागि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको समर्थनमा नागरिक केन्द्रित शान्ति निर्माणका विभिन्न गतिविधिहरुको आयोजना गरि ूशान्तिको संस्कृतिू स्थापनाका लागि पहल गर्दै आएको छ। विश्व शान्ति सम्मेलनले अन्तराष्ट्रिय कानुन, धर्म, शि...